नवनिर्वाचित सभामुख सापकाेटाले दिए सपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
५० पटक हेरिएको
Shares
नवनिर्वाचित सभामुख सापकाेटाले दिए सपथ

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार बिहान आयोजित समारोहमा नवनियुक्त सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

काठमाडौं। प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार बिहान आयोजित समारोहमा नवनियुक्त सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्च तहका कर्मचारीको उपस्थित थियो।

सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको समर्थकमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, राजपाका लक्ष्मणलाल कर्ण र पूर्व सभामुख ओनसरी घर्तीमगर रहेका थिए। बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई प्रतिनिधिसभाको सभामुख भएको घोषणा गरेका थिए।

झन्डै चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाएको हो। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल गएपछि सभामुख पद रिक्त थियो। सभामुख नपाउँदा प्रतिनिधिसभाको बैक पटक-पटक स्थगित हुँदै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
‘मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्’
‘मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्’
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने