सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सारांश

  • काठमाडौं।
  • सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्।
  • नेकपा (एमाले) को समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा (एमाले) को समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

सुदूरपश्चिम प्रदेश सभा कूल ५३ सदस्यीय रहेको छ। नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ सांसदहरुको समर्थनमा सरकारको दाबी पेश गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?