“नवबर्ष”

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १६, २०७३
|
|
१८८ पटक हेरिएको
Shares
“नवबर्ष”

सारांश

  • हुन्छ र हुन्न अनि ध्वनि मतले देश बन्धक भएका बेला जीवन र जोयाको कथाहरुले देश दुखिरहेका बेला लोडसेडिङ ले देश थिल्थिलो हुदा जुनकिरी अनि दियालो को भरमा देस हिडिरहेका बेला गोबिन्द केसि सङ्गै देस भेन्टिलेटरमा सुतिरहेका बेला जेनेरटर र इन्भर्टर अनि आयातित बस्तुले देश निलिरहेका बेला गाँस बाँस अनि कपासले देस थिचिरहेका बेला गाउँ रितिएका नौजवानहरुका रेमिट्यान्सले देस धानिरहेका बेला सधैको बन्द र हडतालले देस पिल्सिरहेका बेला मधेस र पहाडको दूरी बढेसङ्गै देस हराईरहेका बेला मलाई बिगत दुखिरहेको छ पल पल चहराईरहेको छ नवबर्ष खै के भनु तिनीलाई बिपनाका खुद्रा खुसी शिवाय सपना देख्न छाडेका छौ हामीले नवयुगका गोलहरु मीरा राईका गौरवहरु अनि पुष्पा बस्नेत का प्रेरणाहरु हाम्रा बाच्ने आधार यिनै त हुन नि त्यसैले तिमी आउदा नि खासै उत्साहित छैन म त्यति पुलकित छैन म किनकी मैले धेरै आस्वासन पचाइसकेको छु धेरै बिस्वास मकाइसकेको छु यी झुत्रा आस्वासन र बिस्वास लगाएर म निर्वस्त्र भएको छु मलाई बिस्वास छैन पटक्क तर सास रहिन्जेल आस रहन्छ भन्छन र तेहि झिनो आसामा मेरो सपनाको त्यान्द्रो गास्दै पर्खिरहेको छु नवबर्ष तिमीलाई!
  • !
हुन्छ र हुन्न अनि ध्वनि मतले
देश बन्धक भएका बेला
जीवन र जोयाको कथाहरुले
देश दुखिरहेका बेला
लोडसेडिङ ले देश थिल्थिलो हुदा
जुनकिरी अनि दियालो को भरमा
देस हिडिरहेका बेला
गोबिन्द केसि सङ्गै
देस भेन्टिलेटरमा सुतिरहेका बेला
जेनेरटर र इन्भर्टर अनि आयातित बस्तुले
देश निलिरहेका बेला
गाँस बाँस अनि कपासले
देस थिचिरहेका बेला
गाउँ रितिएका नौजवानहरुका रेमिट्यान्सले
देस धानिरहेका बेला
सधैको बन्द र हडतालले
देस पिल्सिरहेका बेला
मधेस र पहाडको दूरी बढेसङ्गै
देस हराईरहेका बेला
मलाई बिगत दुखिरहेको छ
पल पल चहराईरहेको छ
नवबर्ष खै के भनु तिनीलाई
बिपनाका खुद्रा खुसी शिवाय
सपना देख्न छाडेका छौ हामीले
नवयुगका गोलहरु
मीरा राईका गौरवहरु
अनि पुष्पा बस्नेत का प्रेरणाहरु
हाम्रा बाच्ने आधार यिनै त हुन नि
त्यसैले
तिमी आउदा नि खासै उत्साहित छैन म
त्यति पुलकित छैन म
किनकी मैले धेरै
आस्वासन पचाइसकेको छु
धेरै बिस्वास मकाइसकेको छु
यी झुत्रा आस्वासन र बिस्वास
लगाएर म निर्वस्त्र भएको छु
मलाई बिस्वास छैन पटक्क
तर सास रहिन्जेल आस रहन्छ भन्छन
र तेहि झिनो आसामा
मेरो सपनाको त्यान्द्रो
गास्दै पर्खिरहेको छु
नवबर्ष तिमीलाई!!
प्रेम राई”परीक्षित”
उदयपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
आजको राशीफल
आजको राशीफल
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
माओवादी मुख्यसचिवका छोरा न्यानो लिएर मुसहर, डुम र चमार बस्तीमा
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट
चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट