शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु

सारांश

  • काठमाडौं, पुस ९ ।
  • राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद बढिरहेका बेला राष्ट्रपतिले राजनीतिक परामर्श जारी राखेकी छन् ।
  • उनले अहिले संघीय समाजवादी फोरम नेपाल र राजपाका शीष नेताहरुसँग परामर्श गरिरहेकी छिन् ।

काठमाडौं, पुस ९ । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद बढिरहेका बेला राष्ट्रपतिले राजनीतिक परामर्श जारी राखेकी छन् । उनले अहिले संघीय समाजवादी फोरम नेपाल र राजपाका शीष नेताहरुसँग परामर्श गरिरहेकी छिन् ।

परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाइएको थियो । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ ।

राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छन् । तर प्रमुख दलहरु आ–आफ्नै अडानमा रहेको भन्दै राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी छैनन् ।

सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ ।

एमालेले त्यसको विरोध गर्दै बहुमतीय प्रणाली हुनुपर्ने अडान लिइरहेको छ । नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले जस्ताको तस्तै पास गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?