महिला पार्लर चलाउने पुरुषको रोचक कथा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
महिला पार्लर चलाउने पुरुषको रोचक कथा

सारांश

  • बीबीसी।
  • उत्तराखण्डको सानो सहर रुडकीमा शायद म पहिला वा दोस्रो पुरुष थिएँ जसले लेडिज पार्लल खोलेको थियो।
  • मेरो यो निर्णय देखेर धेरै मानिसले नाक खुम्चयाएर मेरो अपमान गर्थे भने महिला ग्राहकमा पनि हिचकिचावट थियो।

बीबीसी। उत्तराखण्डको सानो सहर रुडकीमा शायद म पहिला वा दोस्रो पुरुष थिएँ जसले लेडिज पार्लल खोलेको थियो। मेरो यो निर्णय देखेर धेरै मानिसले नाक खुम्चयाएर मेरो अपमान गर्थे भने महिला ग्राहकमा पनि हिचकिचावट थियो। छिमेकीहरु बेला बेलामा मलाइ भनिरहन्थे लेडिज पार्लर त महिलाको काम हो। युवतीलाई मनाउनु, उनीहरुको विश्वास जित्नु र उनीहरुलाई म कुनै पनि युवतीभन्दा नराम्रो मकअप गर्दिन भनेर सम्झाउनु कम चुनौतीको काम थिएन।
कोही युवती मेरा पार्ललमा आउँदा पनि आफ्नो साथमा श्रीमान वा आफ्नो भाइ लिएर आउँथे। उनीहरु मलाइ देखेर भन्थे–अरे! यहाँ त पुरुषले काम गरिरहेको छ।’

युवतीहरु मसँग थ्रेडिङ गर्नसमेत अस्वीकार गर्थे। सानो मेरो कोठामा एक युवकको अगाडि आएर काम गर्नु उनीहरुलाई शायद असहज लाग्थ्यो। प्रश्न म भित्र पनि थियो–के युवती मसँग खुलेर कुरा गर्न तयार हुन्छन्?’ मलाइ यो सबै कुराको जानकारी नभएको पनि होइन। तर आफ्नो मनको कामलाई व्यापारमा परिवर्तन गर्ने मौका मिल्यो भने किन छोड्ने? यसको सुरुवात धेरै वर्ष पहिला मेरी बहिनीको विवाहका क्रममा सुरु भएको थियो। उनको हातमा मेहन्दी लगाइँदै थियो, त्यो महेन्दी लगाउने एक युवक थियो।

त्यही दिन मेरो दिमागमा मेहन्दीको डिजाइन घुस्यो। कोन बनाउन सिकेँ, कागजमा आफ्नो हात राखेँ अनि स–साना बच्चाको हातमा मेहन्दी लगाउन सुरु गरेँ। केही दिनपछि मैले गरिरहेको कामका विषयमा घरमा थाहा भयो। त्यो दिन मैले धेरै गाली खाएँ। मेरा बुवाले स्ष्ट शब्दमा भन्नु भयो–यो केटीले गने काम किन गरिरहेका छौं? तिमी पनि म जस्तै सेनामा भर्ना हुनुपर्छ।’
तर मलाइ सेना अन्य कुनै पनि काममा रुची थिएन। फेरि म एक पटक विवाहमा गएँ र त्यहाँ मैले महिलाका हातमा मेहन्दी लगाएँ। उनीहरुले मैले लगाएको मेहन्दी निकै मन पराए र मलाइ २१ रुपैयाँ पनि दिए।

मेरो जीवनको यो नै पहिलो कमाइ थियो। मेरी आमा र भाइ बहिनीले मेरो इच्छा थाहा पाइसकेका थिए। तर बुवालाई अझै पनि मेरो पेशा मन गरेको थिएन। बुवासँग हारेर म हरिद्वारमा नोकरी गर्न थालेँ। विहान नौ देखि पाँच बजेसम्मको जागिर थियो। सबै जना खुशी थिए किनभने मैले पुरुषले गर्ने काम गरिरहेको थिएँ। मेहन्दी लगाउने मेरो इच्छा मेरो मनभित्रै थियो। मेरो मनमा जागिरप्रति वितिष्णा बढ्दै गयो। जागिरबाट न राम्रो पैसा पाइएको छ न मनमा आनन्द नै। योबीचमा लामो विरामीका कारण बुवाको निधन भयो। घरको खर्च चलाउने सबै जिम्मेवारी मेरो काँधमा आयो। यो जिम्मेवारीले मेरालागि नयाँ बाटो पनि खोलिदियो। जब म छुट्टीमा घर आएँ तब विवाहमा मेहन्दी लगाउन गएँ।
यहाँ मेरो महिनाको तबल मात्र १५०० थियो। उता विवाहमा मेहन्दी लगाएको मलाइ ५०० सय सम्म दिन्थे।

शायद कमाइकै कारण पनि हुन सक्छ मैले मेहन्दी लगाएको परिवारलाई पनि ठिकै लाग्न थालेको थियो। त्यही क्रममा मलाइ के थाहा भयो भने मेरो एकजना साथी आफ्नी पत्नीको व्यूटी पार्लरमा उनलाई सहयोग गर्छ। र दुवै मिलेर राम्रो पैसा पनि कमाएका छन्। मेरो मन अचानक के आयो भने म पनि किन एउटा व्यूटी पार्लर नखोल्ने? यो कुरा मैले एक विहान आफ्नो परिवारसँग भने। तर एकाएक यो विषयमा धेरै प्रश्न उठाइयो। जस्तै यो त केटीको काम हो, कोटाको होइन, इतयादि।
तर चिताएको कुरा पूरा हुने रहेछ।

मेरी मामाकी छोरी ब्युटीपार्लरको काम सिकिरहेकी थिइन्। उनले आफूले सकेका सबै कुरा मलाइ सकाइन्। र, हामी दुवैले मिलेर एउटा पार्लर खोल्यौँ। सुरुवात दिनको चुनौती पनि मेरी मामाकी छोरीको सहयोगले समाधान हुन थाल्यो। पार्लरमा म बाहेक मेरी बहिनी अर्थात एक युवती हुनु ग्राहकको विश्वास जिन्ते तरिका पनि बन्यो।
हामीले एउटा सानो कोठमा नै पर्दाले बारिदियौँ। मेरी बहिनी युवतीको वैक्सिङ गर्थिन् र म उनीहरुको थ्रेडिङ र मेकअप गर्थेँ। उमेर र अनुभवसँगै मेरो कामप्रति रुची झनै बढ्दै गयो। विवाहकालागि केटी हेर्न जाँदा पनि युवतीले यही सोधिन्–आखिर यो काम किन रोजेको?’ मैले जवाफ दिएँ–यो मेरो मनपर्ने काम हो र यो मेरो इच्छा पनि।’ त्यसपछि आजसम्म मेरी श्रीमीतले मेरो काममा प्रश्न गरेकी छैनन्।  विवाहपछि मैले मेरी श्रीमतीलाई मेरो व्युटी पार्लर देखाएँ। आफ्नो ग्राहक र स्टाफसँग पनि भेट गराएँ। म चाहन्थे उनको मनाम कुनै शंका वा भ्रम नरहोस्।

विगत १४ वर्षमा म आफ्नो सानो कोठाको पार्लरलाई तीन ठोकामा फैलाइसकेको छु।
अहिले मेरा नातेदार पनि मेरो इजजत गर्छन्। महिला ममाथि शंका गर्ने पुरुष अहिले आफ्ना घरका छोरी चेलीलाई मेरो पार्लरमा स्वयं छोडेर जान्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?