नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २८, २०७३
|
|
१९७ पटक हेरिएको
Shares
नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…

सारांश

  • भारत सरकारले ५०० रुपैयाँ र १ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।
  •   नयाँ दिल्लीमा पनि नगद साट्न घन्टौँ लाइनमा बसे ।
  • तर हजारौंले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो ।

भारत सरकारले ५०० रुपैयाँ र १ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।  नयाँ दिल्लीमा पनि नगद साट्न घन्टौँ लाइनमा बसे । तर हजारौंले पालोका लागि अघि बढ्ने क्रममा सामान्य भागदौडको स्थिति बन्यो । ठूलो भीड देखिएका ठाउँमा सरकारले प्रहरीको व्यवस्था ग¥यो । प्रहरीले भीडलाई सम्यमित रुपमा लाइनमा बसेर आफ्नो नगद साटेर फर्किन दिनभर अनुरोध गर्दैमा व्यस्त बने ।  केहीले सरकारको अदूरदर्शिताका कारण आफ्नो पैसा लिनसमेत घन्टौँ लाइनमा बस्नुपरेकामा दुखेसो पोख्दै थिए । सरकारले यति ठूलो कदम योजनाबिनै लिँदा लाखौं जनता दुःखमा परेका, नगद साट्न दिल्लीको एक बैंक बाहिर तीन दिनदेखि लामो लाइनमा बसेका थकित युवा राजु सुन्दरमले बताए । उनले बिहीबार र शुक्रबार मेरो पालो आउनुपूर्व नै बैंकमा नयाँ नोट सकिएको सूचना गर्दै सकिएको बताए ।  सरकारको कदमले जनमानसमा असुविधा भएको भन्दै सरकारले यसलाई सहज बनाउनेबारे सोचेको छैन भन्ने प्रश्नमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पक्कै पनि यस कदमबाट सर्वसाधारणमा समस्या भएको भए पनि यो कदम बाध्यात्मक भएको बताए । उनले नयाँ नोट सहज उपलब्ध गराउन दुई वा तीन हप्ताको समय लाग्न सक्ने उनको भनाइ थियो ।

प्रसुति: समिप गौतम
समाचार श्रोत: एपीन्युज, भारत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा
‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
‘विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा’, त्यसका आधार के हुन्?
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव
अदुवामा कर लिन नपाउने
अदुवामा कर लिन नपाउने
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवारमा सिफारिस

तपाईंले छुटाउनुभयो कि?