नवाजुद्दीन सिद्दीकी अव प्रसिद्ध लेखक !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नवाजुद्दीन सिद्दीकी अव प्रसिद्ध लेखक !

सारांश

  • अभिनेता नवाजुद्दीन सिद्दीकी फिल्ममा निभाउँदै आएको फरक फरक भूमिकाका कारण चर्चामा रहने गर्दछन्।
  • सिद्दीकी अभिनित ‘मन्टो फिल्मको हालै मात्र टिजर रिलिज भएको छ।
  • टिजरमा देखाइएको दृश्यमा सिदीकीको अभिनय दमदार रहेको देखिएको छ।

अभिनेता नवाजुद्दीन सिद्दीकी फिल्ममा निभाउँदै आएको फरक फरक भूमिकाका कारण चर्चामा रहने गर्दछन्।

सिद्दीकी अभिनित ‘मन्टो फिल्मको हालै मात्र टिजर रिलिज भएको छ। टिजरमा देखाइएको दृश्यमा सिदीकीको अभिनय दमदार रहेको देखिएको छ। टिजरसँगै उनको अभिनयको चर्चा पनि चुलिन थालेको छ।

 उनी नन्दिता दासले निर्देशन गरेको ‘मन्टो’मा प्रसिद्ध लेखक सआदत हसन मन्टोका भूमिकामा देखा परेका छन्।

मन्टोमा नवाजका साथमा रसिका दुग्गल प्रमुख भूमिकामा देखिँदैछन्। नवाज यो फिल्मका एक विद्रोही लेखकको भूमिकामा देखिँदैछन् उनी अदालतमा दर्ता भएको आफ्नो कितावविरुद्धको मुद्दा लडिरहेको लेखकको भूमिकामा छन्। रसिका यसमा नवाजको श्रीमतीको भूमिकामा देखिएका छन्।

फिल्ममा नवाज, रसिकाका अलाव परेश रावल, ऋषि कपुर, तहिरा, राज भसिन लगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्म भारतमा रिलिज हुनुभन्दा पहिले १४ मे मो हुने कान्स फिल्म फेस्टिवलमा देखाइने भएको छ।

यो फिल्म ऊर्दू भाषाका लेखक सआदत हसन मन्टोको जीवनीमा आधारित चलचित्र हो। उनी कथाकार, पत्रकारका साथसाथै फिल्म र रेडियोका लागि पटकथा समेत लेख्थे।

https://www.youtube.com/watch?time_continue=87&v=U4dM9DCsmQc

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?