सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सारांश
- सुनचाँदीको भाउमा दैनिक उतार चढाव कायम रहेको छ ।
- पुस १६ गते,बिहीबार सुन सामान्य रुपमा ओरालो लागेको छ ।
- यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
सुनचाँदीको भाउमा दैनिक उतार चढाव कायम रहेको छ । पुस १६ गते,बिहीबार सुन सामान्य रुपमा ओरालो लागेको छ । यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
सुनसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।-मेरोलगानी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया