नविना लामाको बिहेको आयोजक अनेरास्ववियु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नविना लामाको बिहेको आयोजक अनेरास्ववियु

सारांश

  • काठमाडौंँ, ४ वैशाख  ।
  •   विद्यार्थी नेतृ नविना लामाको विवाहको आयोजक अनेरास्ववियु हुने भएको छ ।
  • अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष विवाहको आयोजक हुने निर्णय गरेको हो ।

काठमाडौंँ, ४ वैशाख  ।  विद्यार्थी नेतृ नविना लामाको विवाहको आयोजक अनेरास्ववियु हुने भएको छ । अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष विवाहको आयोजक हुने निर्णय गरेको हो ।

लामाको वैशाख १३ गते जनवादी विवाह हुने पक्का भएको छ । उनले प्रवीण श्रेष्ठसँगको १७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । अनेरा स्ववियुका अनुसार विवाह आर्मी अफिसर्स क्लबमा हुनेछ भने विवाहमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।

नविनाको झण्डै १७ वर्षअघिदेखि विद्यार्थी राजनीतिमा लामो समय सक्रिय राजनीति गरेको प्रवीणसँग प्रेम सम्बन्ध थियो । पछिल्लो समयमा भने प्रवीणले विद्यार्थी राजनीति छाडेर व्यपार व्यवसाय गर्दै आएका छन् । नवीना अहिले एमालेबाट सांसद छिन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bijoy Tamang

    Eakai chinko heraima…!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?