शक्ति कपुरकले छोरीलाई यो काम गर्न किन दिएनन् अनुमति ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
शक्ति कपुरकले छोरीलाई यो काम गर्न किन दिएनन् अनुमति ?

सारांश

  • मुम्बई।
  • ‘आशिकी–२’, ‘एक भिलेन’ र ‘स्त्री’ जस्ता शानदार फिल्मकी अभिनेत्री श्रद्धा कपुर ३० वर्षकी  भएकी छन्।
  • ३ मार्च, १९८९ मा उनको जन्म शक्ति कपुर र शिवांगी कोल्हापुरेको घर मुम्बईमा भएको थियो।
मुम्बई। ‘आशिकी–२’, ‘एक भिलेन’ र ‘स्त्री’ जस्ता शानदार फिल्मकी अभिनेत्री श्रद्धा कपुर ३० वर्षकी  भएकी छन्। ३ मार्च, १९८९ मा उनको जन्म शक्ति कपुर र शिवांगी कोल्हापुरेको घर मुम्बईमा भएको थियो।  श्रद्धा त्यतिबेला १६ वर्षकी थिइन्, जतिबेला शक्ति कपुरको नाम कास्टिङ काउचमा आएको थियो। २००५ मा एक स्टिङ अपरेशनमा शक्ति कपुरलाई फिल्ममा काम दिलाइ दिए बापत सेक्शुअली एडभान्टेज लिने कोशिश गर्दै गर्दा क्यामरामा कैद गरिएको थियो।
श्रद्धाले एक अन्तर्वातामा यो घटनाले आफूमाथि के असर पर्यो भन्ने विषयमा मुख खोलेकी छन्।
श्रद्धाले उक्त अन्तर्वातामा भनेकी थिइन्, ‘उक्त घटनापछि म निकै दुखी थिएँ, म निकै रोएँ। म उमेरले पनि धेरै भएकी थिइन्। यस्ता घटनालाई कसरी पुष्टि गर्नुपर्छ भन्ने पनि मलाइ ज्ञान थिएन। त्यो बेला हामी सबै सँगै बस्थ्यौं। जब मानिसहरु त्यो विषयमा कुरा गर्थे, तब मेरो मन रुन्थ्यो। किनभने उहाँ आखिर मेरो बुवा हो नी! जति म र मेरो परिवार उहाँलाई जान्दछौं, त्यति कसैले पनि जान्दैन।’
उक्त अन्तर्वातामा श्रद्धाले भनेकी छन, ‘मैले जमुनाबाई नर्सरी स्कुलबाट आठ कक्षासम्म अध्ययन गरेँ। त्यसपछि म अमेरिकन स्कुल र त्यसपछि बोस्टन गएँ। तर मैले अभिनेत्री बन्नलाई आफ्नो अध्ययन नै छोडिदिएकी थिएँ। केही समयसम्म मैले एयरहोस्टेजको स्पीचको प्राक्टिस पनि गरेँ। मेरो बुवालाई म अभिनेत्री बन्नलाई मेरो बुवालाई कुनै समस्या थिएन। तर म एयरहोस्टेज भन्ने कुरालाई बुवाले सिधै अस्वीकार गर्नु भयो।’
२००५ मा जब स्टिन अपरेशनको टेप सार्वजनिक भयो, त्यतिबेला बहिलउडमा तहल्का मच्चिएको थियो। यद्यपी शक्ति कपुरले उक्त स्टिङ अपरेशनलाई आफू विरुद्धको षड्यन्त्र बताइरहे। यो विषयले धेरै चर्चा पायो। स्टिङ अपरेशनपछि शक्ति कपुरलाई फिल्ममा काम गर्न पनि प्रतिबन्ध लगाइयो।
फिल्म एवं टिभी प्रोड्युसर्स गिल्ड अफ इण्डियाका तर्फबाट यश चोपडा, सुभाष घई र अमित खन्नाले यो निर्णय गरेका थिए। कास्टिङ काउच कन्ट्रोभर्सीका विषया शक्ति कपुरले भनेका थिए, ‘म पूरै फिल्म उद्योगसँग माफी माग्छु। मेरा सबै भनाइलाई तोडमोड गरेर सार्वजनिक गरिएको छ।’
शक्ति कपुरले ७०० भन्दा धेरै फिल्ममा काम गरेका छन्। र धेरै जसो फिल्ममा उनी भिलेन वा कमेडियन रोलमा नै देखिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?