उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्न सहयोग गर्छ : राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०८०
|
|
७३ पटक हेरिएको
Shares
उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्न सहयोग गर्छ : राष्ट्रपति

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले किरात समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्।
  • राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले किरात समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन्।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका हुन्। ‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,’ राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता चाड पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।

किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टानमा नवनिर्वाचित दाहाल नेतृत्वद्वारा पदभार ग्रहण
टानमा नवनिर्वाचित दाहाल नेतृत्वद्वारा पदभार ग्रहण
Big Reasons Why Net Brides Prefer to get Married Internet
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध
डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
जनचिकित्सालयलाई स्वास्थ्य सम्बन्धि ३ लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण !
चिसो बढेपछि असहाय र बृद्धबृद्धालाई उपमहानगरले गर्यो आगो ताप्ने व्यवस्था
चिसो बढेपछि असहाय र बृद्धबृद्धालाई उपमहानगरले गर्यो आगो ताप्ने व्यवस्था