नागपञ्चमीको अवसरमा नागपाेखरी सरसफाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
नागपञ्चमीको अवसरमा नागपाेखरी सरसफाइ

सारांश

  • काठमाडौँ, ३० साउन ।
  • यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा आज सरसफाइ गरिएको छ ।
  • काठमाडौँ महानगरपालिका–१ नक्सालमा बिहीबार हुने नागपञ्चमी तथा मेलाका लागि स्थानीयवासीले पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका हुन् ।

काठमाडौँ, ३० साउन । यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा आज सरसफाइ गरिएको छ ।काठमाडौँ महानगरपालिका–१ नक्सालमा बिहीबार हुने नागपञ्चमी तथा मेलाका लागि स्थानीयवासीले पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका हुन् । पोखरीको मध्यबिन्दु तथा केन्द्रमा नागसहितको ठूलो खम्बा गाडिएको छ ।

नागको प्रतिमा निर्माण गरिएको उक्त पोखरीको लम्बाइ १२५ र चौडाइ ६५ फीट रहेको छ ।नागपञ्चमीका दिन यहाँ नागको विशेष पूजा गरिन्छ । पोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुङ्गासयर र विभिन्न पसल सञ्चालन गरिने नागपोखरी मेला व्यवस्थापन समितिका सदस्य रोशन श्रेष्ठले जानकारी दिएका छन् । विसं २०३३ मा जीर्णोद्धार गरिएको नागपोखरीको नक्साल युवा मण्डल र नक्साल संरक्षण गुठीले संरक्षण गर्दैआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?