बलात्कार काण्डका काङ्ग्रेस तरुण दलका नेता सिजन गुरुङ पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बलात्कार काण्डका काङ्ग्रेस तरुण दलका नेता सिजन गुरुङ पक्राउ

सारांश

  • इटहरी ।
  • नेपाली काँग्रेसको युवा संगठन तरुण दलका विवादीत छवीका नेता सिजन गुरुङ पक्राउ परेका छन् ।
  • उनलाई इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

इटहरी । नेपाली काँग्रेसको युवा संगठन तरुण दलका विवादीत छवीका नेता सिजन गुरुङ पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले पक्राउ गरेको हो । गुरुङलाई स्थानिय एक महिलाको जग्गा मिचेको र त्यहाँ बनेको घरको भाडा समेत उठाएर खाने गरेको अभियोगमा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
यसअघि पनि इटहरीको रोयल रिर्सोटमा भएको बलात्कार काण्डमा पनि उनी मुछिएका थिए । बलात्कारको घटनामा जबरजस्ती मिलापत्र गराएर आर्थिक चलखेल गरेको उनीमाथि आरोप लागेको थियो । सो समयमा पनि प्रहरीले उनीमाथि सार्बजनिक अपराध ऐनमा मुद्दा चलाएको थियो ।
भरखरै इटहरी आएका डिएसपी शिवकुमार श्रेष्ठले गुरुङलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको बताएका छन् । उनले गुरुङका विषयमा अनुशन्धान सुरु गरीएको जनाउँदै कसुर अनुसार कानुनी कारवाही हुने वताएका छन् ।
इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गामा बनाएको घर र त्यसवापतको भाडा समेत गुरुङले ६८ सालदेखि खाँदै आएको भन्दै प्रहरीमा केहि महिना अघि दिएको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरीएको प्रहरीले जानकारी गराएको छ । गुरुङलाई सो जग्गा हडपेको लामो समय देखि आरोप लाग्दै आएको थियो ।
नेता गुरुङले भने जग्गा आफ्नै भएको र नापीले समेत उक्त कुरा पुष्टि गरेको भन्दै आरोपको खण्डन गर्दै आएका थिए ।

समाचार श्रोत: ब्लास्ट न्युुज

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    अर्पित न्याैपाने

    Pradip Bhattarai la congress ko pragatiii

    Comment Author

    Raj Magar

    Yastai buddile garda ho kangress………..

    Comment Author

    Sudarshan Magar

    अब गुन्डागर्दी गर्ने दिन सकिए ।

    Comment Author

    Tilak Karki

    yastalai ta sidhai khorma halde hunxa ni

    Comment Author

    Prashant Karki

    गच्छदारकाे समर्थनकाे गुन्डागर्दी अपराधीलाई कडा कारबाही हाेस ,

    Comment Author

    Belaka Nagarpalika Udayapur

    कानुनले सजाय दिए पछि मात्र अपराधी भनुम पक्राउ पर्दैमा अपराधी हुदैन्न

    Comment Author

    Kunwar Surya

    चोर फताह दाका त थिय अब यस्तो पनि सुन्नु थियो ।

    Comment Author

    Narayan Newar

    Incounter

    Comment Author

    Keshav Kandel

    जयकङ्रेस्स

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून
कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून
युएई सेमिफाइनलमा प्रवेश
युएई सेमिफाइनलमा प्रवेश
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह
चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…