रोकियो श्रृंखलाको मिस वर्ल्ड यात्रा, टप १२ बाट आउट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
रोकियो श्रृंखलाको मिस वर्ल्ड यात्रा, टप १२ बाट आउट

सारांश

  • मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ बाट आउट भएकी छिन् ।
  • एशियाबाट मिस थाइल्याण्डले उत्कृष्ट ५ मा स्थान बनाउँदै नेपाली सुन्दरीको यात्रामा पूर्णविराम लगार्इ दिइन् ।
  • मिस वर्ल्डको औपचारिक घोषणा केहीबेर पछि हुँदैछ।

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ बाट आउट भएकी छिन् । एशियाबाट मिस थाइल्याण्डले उत्कृष्ट ५ मा स्थान बनाउँदै नेपाली सुन्दरीको यात्रामा पूर्णविराम लगार्इ दिइन् ।

मिस वर्ल्डको औपचारिक घोषणा केहीबेर पछि हुँदैछ। चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतिस्पर्धाको घोषणासभामा १ सय २१ देशका सुन्दरी पुगेकोमध्येबाट छनोट भएका ५ जनाले अन्तिम चरणको प्रतिष्पर्धा गरिरहेका छन्।

श्रृंखला ब्यूटी विथ पोर्पज अवार्ड जितेर टप ३० मा पुगेकी थिइन्। यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन्।

यो मिस वर्ल्डको ६८औँ संस्करण हो। दक्षिण एसियाली देशमा भारत बाहेक अरुले मिस वर्ल्ड जितेका छैनन्।

मिस वर्ल्डको इतिहासमा भेनेजुएला र भारत समान ६ पटक विजेता बनेका छन्।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?