एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड

सारांश

  • काठमाडौँ, ८ पुस ।
  • नेकपा (एमाले) स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।
  • निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न श’क्रबार उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको करिब पाँच घण्टा लामो बैठकमा सरकार गठन र राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषय फरकफरक भएको ठहर पनि गरिएको छ ।

काठमाडौँ, ८ पुस । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।

निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न श’क्रबार उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको करिब पाँच घण्टा लामो बैठकमा सरकार गठन र राष्ट्रियसभासम्बन्धी अध्यादेशको विषय फरकफरक भएको ठहर पनि गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, केन्द्रसँगको एकता, राष्ट्रियसभाको गठनलगायतका विषयमा छलफल गर्न निर्वाचनपछिको एमाले स्थायी कमिटीको पहिलो बैठक आज बसेको हो ।

बैठकले ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

“राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलबीच भएको पूर्वसमझदारीअनुरुप बहुमतीय प्रणालीअनुसार नै हुनुपर्ने ठहरसमेत बैठकले गरेको छ”– बैठकपछि एमालेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा निर्वाचनपश्चात् लामो संक्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै निर्वाचनमार्फत प्रकट भएको जनआकांक्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट बैठकले व्यक्त गरेको जनाइएको छ ।

एमाले बैठक लम्बिएका कारण नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आजै बस्ने भनिए पनि बस्न सकेन तर दुवै पार्टीका शीर्ष नेताबीच निरन्तर अनौपचारिक कुराकानी जारी रहेको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने तयारी गरेका छन् ।

स्थिरता र समृद्धिको संकल्प

एमालेले निर्वाचनमा वामपन्थी गठबन्धनका पक्षमा आफ्नो अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार र धन्यवाद तथा विजयी प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैठकले परिणामबाट राजनीतिक स्थिरता र समृद्धिको आफूहरुको संकल्प नेपाली जनताद्वारा अनुमोदित भएको निष्कर्ष निकालेको छ ।

बैठकले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सफल भएकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको भने नेपाल सरकार, निर्वाचन सम्पन्न गराउन खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा निर्वाचनका पक्षमा वातावरण निर्माण गर्न भूमिका खेल्ने सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवाद दिएको छ ।

निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Surya Shrestha

    प्रचण्ड मोदिको फोन आएपछि परिवर्तन भइसकेका छन् , बाहिर नभनेका मात्रै हुन, त्यसैले एमालेले जनादेशलाई सुरक्षा दिनको लागि भित्री तयारी गरे हुन्छ, प्रचण्डको बाटो नहेरे हुन्छ

      Comment Author

      Rajkumar Shresth

      एकदम ठीक कुरा । प्रचण्डले विश्वास गुमाई सकेका छन् ।यिनको रतिभर भरोसा छैन । एमालेले सरकार निर्माणको अरु विकल्प रोज्नुपर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?