विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
सारांश
- काठमाडौं ।
- नेपालको सार्वजनिक विकास खर्च सुधार गर्नको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गरेको छ ।
- अर्थमन्त्रालयका आर्थिक समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल प्रमुख फरिस हेरिड जिरोफसले सहयतामा हस्ताक्षर गरे ।
काठमाडौं । नेपालको सार्वजनिक विकास खर्च सुधार गर्नको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयका आर्थिक समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल प्रमुख फरिस हेरिड जिरोफसले सहयतामा हस्ताक्षर गरे ।
नेपालको सार्वजनिक खर्चको सुधारको लागि विश्व बैंकले सहयोग गर्दै आएको छ । सहयोग रकम सार्वजनिक खर्च सुधार रणनीति अन्तर्गत हुने छ । १० वर्षसम्म यो रणनीति चल्ने छ ।
परियोजना अन्तर्गत सार्वजनिक विकास निर्माणको ठेक्का प्रक्रिया यसको खर्च प्रणालीमा सुधार गरिने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया