धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री

सारांश

  • २१ मंसिर, धनकुटा ।
  • धनकुटा जिल्लामा ६७ वटा मतदान केन्द्रलाई अपांगतामैत्री बनाइएको छ ।
  • अपांगता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन अपांगतामैत्री मतदान केन्द्र बनाइएको हो ।

२१ मंसिर, धनकुटा । धनकुटा जिल्लामा ६७ वटा मतदान केन्द्रलाई अपांगतामैत्री बनाइएको छ । अपांगता भएका मतदातालाई सहज रुपमा मत खसाल्न दिन अपांगतामैत्री मतदान केन्द्र बनाइएको हो ।

अपांगता भएकै कारण मतदानबाट वन्चित हुन परेको गुनासो आएपछि अपांगतामैत्री केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले बताए ।

 

कूल एक लाख पाँच हजार १८८ जना मतदाता रहेको धनकुटामा १७३ जना अपांगता भएका मतदाता छन् । धनकुटा जिल्लाका कुल ११७ वटा मतदानस्थल अन्तर्गतका १५३ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?