नागरिकता पाइन् सपना बादीले

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नागरिकता पाइन् सपना बादीले

सारांश

  • बाजुरा, १९ वैशाख, बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।
  • बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।
  • साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि नागरिकता पाएको बताउनुभएको छ ।

बाजुरा, १९ वैशाख, बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।

बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

साविक गाविस र हालको नगरपालिकालाई जानकारी गराए पनि कसैले नागरिकताको पहल नगरेको गुनासो सुनाउँदै सपनाले पत्रकारलाई जानकारी गराएपछि नागरिकता पाएको बताउनुभएको छ ।

सपनाको नागरिकताका लागि नगरपालिका, प्रहरी प्रशासनसँग सहकार्य गरी नागरिकता बनाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहको पहलमा सपना बादीले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो ।

अर्काको छाप्रोमा बस्दै आएकी सपनालाई पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले नागरिकता बनाउन यातायात खर्चसमेत सहयोग गरेको सपना बादीले बताउनुभयो ।

सपनाले बूढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भवनसिं केसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउनु भएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?