बैतडीमा ६ उम्मेदवारको धरौटी जफत
सारांश
- बैतडी, पुस १ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका बैतडीका ६ जनाको धरौटी जफत भएको छ ।
- कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुन बमोजिम उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
- बैतडीमा प्रतिनिधिसभातर्फ पाँचजनाको उम्मेदवारी परेकामा ३ जनाकोे धरौटी जफत भएको छ ।
बैतडी, पुस १ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका बैतडीका ६ जनाको धरौटी जफत भएको छ । कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुन बमोजिम उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
बैतडीमा प्रतिनिधिसभातर्फ पाँचजनाको उम्मेदवारी परेकामा ३ जनाकोे धरौटी जफत भएको छ । प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका ५ जनामध्ये ३ जनाको धरौटी जफत भएको छ । प्रदेशसभा (ख) मा भने दुईजना मात्रै उम्मेदवार रहेकोमा कसैको पनि धरौटी जफत भएको छैन् ।
प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपाका कुनै पनि उम्मेदवारको धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया