उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
६० पटक हेरिएको
Shares
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !

सारांश

  • काठमाडौँ, २६ असोज ।
  • मलेसियामा जारी एसिया बि टि–ट्वान्टि विश्वकप छनोट प्रतियोगिताको उपाधीका लागि सिंगापुर र नेपाल भिड्ने भएका छन् ।
  • प्रतियाेगिताकाे अन्तिम खेलअन्तर्गत नेपाल र सिंगापुर भड्ने भएका हुन् ।

काठमाडौँ, २६ असोज । मलेसियामा जारी एसिया बि टि–ट्वान्टि विश्वकप छनोट प्रतियोगिताको उपाधीका लागि सिंगापुर र नेपाल भिड्ने भएका छन् । प्रतियाेगिताकाे अन्तिम खेलअन्तर्गत नेपाल र सिंगापुर भड्ने भएका हुन् । खेलकाे विजेता  प्रतियाेगिताकाे उपाधीकाे हकदार हुनेछ ।

प्रतियोगितामा दुवै टोलीको अपराजित यात्रा कायम छ । पाँच खेलमा दुवै टोलीले पाँचै खेल जितेका छन् भने नेट रन रेटका आधारमा अंकतालिकामा नेपाल अगाडी छ । नेपाल र सिंगापुरसहित मलेसिया पनि यसअघि नै दोस्रो चरणका लागि छनोट भैसकेका छन् ।

प्रतियोगितामा सबैभन्दा बलियो देखिएको नेपालको ब्याटिङ् सोचेअनुरुप अझै चल्न सकेको छैन । बलर भने विपक्षिमाथि सँधै हावी हुने गरेका छन् । त्यस्तै सिंगापुरको ब्याटिङ् तुलनात्मक रुपमा राम्रो देखिएको छ । प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि सिंगापुरकै छन् । भने बढी विकेट लिनेमा नेपालका सन्दिप लामिछाने रहेका छन् । उनले ५ खेलमा २० विकेट लिइसकेका छन् ।

नेपाल र सिंगापुर यसअघि २० ओभरको खेलमा दुई पटक आमने सामने भएका छन् जसमध्ये दुवै खेलमा नेपाल विजयी भएको छ ।

खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समय अनुसार दिउसो १२ः१५ मा सुरु हुनेछ ।

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
सन् २०२१ मा अमेरिकी आर्थिक मन्दी : सर्वेक्षण
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा
1win Ci ᐉ Paris Sportifs En Ligne ᐉ 1win Côte D’ivoire
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !
बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु