सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
सारांश
- काठमाडौं, माघ ७ ।
- लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच) शिखरन्यूजको युट्युब च्यानलबाट पनि आउने भएको छ ।
- गत पुस २१ गतेदेखि ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ शिखरन्यूजको फेसबुक पेजबाट प्रसारण गरिएको थियो ।
काठमाडौं, माघ ७ । लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच) शिखरन्यूजको युट्युब च्यानलबाट पनि आउने भएको छ ।
गत पुस २१ गतेदेखि ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ शिखरन्यूजको फेसबुक पेजबाट प्रसारण गरिएको थियो । उनको स्पिचलाई १ लाखभन्दा बढी दर्शकले रुचाएका कारण अब युट्युब च्यानलबाट प्रसारण गर्न लागिएको हो ।
देश–विदेशमा ‘मोटिभेसनल क्लास’ को स्पिच दिँदै आएका ज्ञवाली जीवन र जगतलाई बुझ्दै आफूले गर्ने कामहरुमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आफ्नो स्पिचलाई केन्द्रीत गर्दै आइरहेका छन् ।
उनको स्पिचलाई शिखरन्यूजको युट्युब च्यानल SHIKHARNEWS TV अथवा motivational speech by sudhan gnawali सर्च गरेर हेर्न सकिन्छ ।
पछिल्लो समय उनको ‘यो पहिला नै थाहा हुन्थ्यो भने सायद !’ शीर्षकमा प्रसारण भएको भिडियो युट्युमा हेर्न सकिन्छ ।
प्रतिक्रिया