देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
सारांश
- काठमाडौं ८,फागुन।
- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ले शेखर कोइरालाको हैसियत के छ भन्दै सार्वजनिक रूपमै प्रश्न गरेका छन् ।
- बुधवार वीरगन्जमा पर्सा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवा कोइराला परिवार माथि खनिएको हुन् ।
काठमाडौं ८,फागुन। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ले शेखर कोइरालाको हैसियत के छ भन्दै सार्वजनिक रूपमै प्रश्न गरेका छन् ।
बुधवार वीरगन्जमा पर्सा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवा कोइराला परिवार माथि खनिएको हुन् ।पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् ।
सुरुमा उनले अनुशासन समिति बनाउने बताएका थिए । एकाएक कोइराला परिवारको प्रसंग ल्याउँदै ‘त्यो शेखर जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?’ भनेका छन् ।पार्टी स्थापित गर्दा आफूहरूले टाउको फुटाउनु परेको सम्झना गर्दै त्यो बेला कोइराला परिवार कहाँ थिए भन्ने प्रश्न गर्दै देउवाले शेखर कोइरालाको नाम लिए नै भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? हैसियत के छ ?’
प्रतिक्रिया