दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ३० असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन्।
  • नेकपाका प्रदेश-३ का सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

काठमाडाै, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन्। नेकपाका प्रदेश-३ का सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

‘एउटा निहुँ झिकेर दुईजना संसद ठिंग उभिँदा संसदका सबै गतिविवि अवरुद्ध हुने हुनु हुँदैन’ ओलीले भने, ‘नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने, त्यसपछि संसदको कारबाही अवरुद्ध हुने- अब यस्तो हुँदैन, दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन।’

देश विकासका कुरा,जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताउँदै ओलीले भने, ‘हामी दुई तिहाइ बहुमतमा छौँ। हाम्रा माननीयहरुले विकासका कुरा ससदमा जोडदार उठाउनु पर्छ, आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले साउन महिना भित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिनेपनि बताएका छन्। ‘साउन भित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ, त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्’ उनले भने, ‘अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ, अब त्यो रोकिन्छ।’

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार असफल नहुने र जनताको भरोसालाई सधैँ शिरोधार्य गर्ने बताए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    BabuRam Regmi

    लोक त्रन्त्र

    Comment Author

    Tanka Giri

    गलत नियतले उभिनेलाइ गलहत्याएर बाहिर निकाल्नु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म
सरकारको एक वर्षका सुनौला दिन व्यर्थ : काङ्ग्रेस
सरकारको एक वर्षका सुनौला दिन व्यर्थ : काङ्ग्रेस
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
पूर्व डिआइजी रञ्जन कोइरालालाई जेलमा लिन पुगेकी महिला को हुन्
पूर्व डिआइजी रञ्जन कोइरालालाई जेलमा लिन पुगेकी महिला को हुन्
आजको राशिफल
आजको राशिफल
आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
निर्माण ब्यवसायी को कुम्भमेला अाजबाट सुरु
निर्माण ब्यवसायी को कुम्भमेला अाजबाट सुरु
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
मन्त्रिपरिषद बैठक सकियो, तत्काल कोही मन्त्री नहटाइने
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.