नेपालद्वारा मलेशिया पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
४९ पटक हेरिएको
Shares
नेपालद्वारा मलेशिया पराजित

सारांश

  • काठमाडौँ, ११ वैशाख ।
  • थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।
  • थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।

काठमाडौँ, ११ वैशाख । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो ।

जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेतासमेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लािग १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

मलेशियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

मलेशियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ र सुवास ऐरले ११ रन जोडे ।

बलिङतर्फ मलेशियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलवार १५० कोरोना संक्रमित थपिए
मंगलवार १५० कोरोना संक्रमित थपिए
घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेपछि
घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेपछि
किमलाई स्वस्थ देख्दा ट्रम्प प्रशन्न
किमलाई स्वस्थ देख्दा ट्रम्प प्रशन्न
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
‘अाएन परदेशी’ भन्दै सुरजले गाए यस्ताे गीत (भिडियाे सहित)
‘अाएन परदेशी’ भन्दै सुरजले गाए यस्ताे गीत (भिडियाे सहित)
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
Dating Sites For Marital relationship
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग