नारायणगढ–मुग्लिन सडक खुला
सारांश
- चितवन, १८ भदौ ।
- नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ ।
- इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए ।
चितवन, १८ भदौ । नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए । सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो ।
बिहान पहिरो खसेपछि शनिबार साँझदेखि रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् । उक्त सडकखण्डमा पहिराको जोखिमका कारण राति यातायात आवागमन रोक्ने गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया