नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
सारांश
- चितवन, १९ साउन ।
- पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ ।
- आज दिउँसो ३ बजे यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ जलविरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
चितवन, १९ साउन । पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । आज दिउँसो ३ बजे यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ जलविरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
अहिले ४ : ३० बजे पहिरो हटाएर सडक संचालनमा आएको प्रहरीले जनाएको छ ।
यस अघि विहान ६ बजे भरतपुर महानगरपालिका २९ घुमाउनेमा पहिरो खसेपछि विहान ११ बजे देखि एक तर्फी सडक संचालनमा आएको थियो । घुमाउनेको पहिरो पनि पुरै हटाई दुई तर्फी सवारी संचालनमा आएको छ । स्तारोन्नतीको अन्तिम चरणमा रहेको यस सडक खण्डमा पटक पटक पहिरो खस्दा यातायात अवरुद्ध हुदैँ आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया