प्रम ओलीको भिडियो सन्देशः ‘ठीक हुँदैछु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
५७ पटक हेरिएको
Shares
प्रम ओलीको भिडियो सन्देशः ‘ठीक हुँदैछु’

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अचानक आइलागेको स्वास्थ्य समस्या ‘एपेन्डिसाइटिस’का कारण जटिल शल्यक्रिया गर्नुपरेको र अब आफू ठिक हुँदै गएको बताएका छन् ।
  • आज अस्पतालबाटै जारी गरेको भिडिओ सन्देशमार्फत् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराएका हुन् ।
  • “एपेन्डिसाइटिस भनेको अचानक हुँदोरहेछ, मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो, त्यसमा इन्फेक्सन भएछ र बाहिरसम्म फैलिएछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “इन्फेक्सन त्यसमा मात्रै भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिरसम्मै इन्फेक्सन भएकाले त्यसलाई हटाउन मेजर अप्रेशन गर्नुपर्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अचानक आइलागेको स्वास्थ्य समस्या ‘एपेन्डिसाइटिस’का कारण जटिल शल्यक्रिया गर्नुपरेको र अब आफू ठिक हुँदै गएको बताएका छन् ।

आज अस्पतालबाटै जारी गरेको भिडिओ सन्देशमार्फत् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराएका हुन् ।

“एपेन्डिसाइटिस भनेको अचानक हुँदोरहेछ, मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो, त्यसमा इन्फेक्सन भएछ र बाहिरसम्म फैलिएछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “इन्फेक्सन त्यसमा मात्रै भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिरसम्मै इन्फेक्सन भएकाले त्यसलाई हटाउन मेजर अप्रेशन गर्नुपर्यो । त्यसकारण उपचारमा हप्ता, दश दिन लाग्ने नै भयो ।”

अहिले आफ्नो स्वास्थ्यमा धेरै सुधार भइसकेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् । “तपाईंहरु देखिरहनुभएको छ, एउटा मेजर अप्रेशनपछि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अबस्थामा छु । समाचारहरु हेर्न सक्ने अवस्थामा छु । हिंजो मैले १३औं सागको उद्घाटन समारोह पनि पूरै हेरें ।”

हुन्छ कि हुँदैन भन्ने अन्योलबीच १३ औं दक्षिण एशियाली खेलकुदको भव्य उद्घाटन भएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन् । “म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनभएकोमा, अरु सबैलाई सहभागी हुनुभएकोमा धन्यवाद भन्न चाहन्छु”, प्रधानमन्त्रीले भने, “अब खेलबाट देशको शान बढाउन र क्षेत्रीय मित्रतालाई अघि बढाउन म नेपाली खेलाडी र सार्क क्षेत्रका खेलाडीहरु सबैलाई आग्रह गर्दछु ।”

Click here for Video

https://www.youtube.com/watch?v=kVNfjp1d4a8

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
बंगलादेश पुग्ने भयो नेपालको ‘नौगेडी’
बंगलादेश पुग्ने भयो नेपालको ‘नौगेडी’
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
कास्कीमा थापाले जाेगाए कांग्रेसकाे साख
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय
रानीबारी हत्याकाण्डका अभियुक्त मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी