निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?

सारांश

  • काठमाडौं, मंसिर २९ ।
  • जात्रा छ अहिले सिंहदरबारतिर ।
  • मन्त्रीको मान्छे हुँ भन्दै एउटी महिला तारान्तार मेरो नियुक्ती पत्र देउ भन्दै फोन गर्द्छिन तर विभागीय मन्त्रालयले उनको पत्र रोकिदिएको छ ।

काठमाडौं, मंसिर २९ । जात्रा छ अहिले सिंहदरबारतिर । मन्त्रीको मान्छे हुँ भन्दै एउटी महिला तारान्तार मेरो नियुक्ती पत्र देउ भन्दै फोन गर्द्छिन तर विभागीय मन्त्रालयले उनको पत्र रोकिदिएको छ । तीनदिन देखि उनी नियुक्तीपत्रका लागि ताकेता गरेको गर्यै छिन । तर हात पार्न सकेकी छैनन् । यस्तो पीडामा गुज्रिने अरु कोही नभएर अस्ति सोमबारबाट नियुक्ती पड्काएकी राप्रपाको चेली हुन् ।

कांग्रेसीमन्त्रीले काखि च्यापेर राप्रपाको चेलीले नियुक्ती पड्काइन् । बधाई खाएको खायै छिन् । तर, मन्त्रालयबाट उनले नियुक्ती पत्र हात पार्न सकेकी छैनन् । नियुक्ती पत्र देउ भन्दै मन्त्रालयका अधिकारीहरुसँग दिनको एक पटक कर कर गर्न छाडेकी छैनन् ।

तर, कर्मचारीहरु जानी जानी किन नदुखेको टाउको दुखाउथे । काम चलाउ सरकारले गरेको निर्णय पछि सर्वाेच्चले उल्ट्याइ दिने हो कि भनेर कर्मचारीहरुले नियुक्तीपत्र दिन आनाकानी गरिरहेका छन् । यसरी उनीहरुले नियुक्तीपत्र नदिएसँगै उनको तनाव सुरु भएको छ । यसरी पीडामा डुबेकी पात्र अरु कोही नभई निकिता पौडेल हुन् ।

विभागीय मन्त्री काँग्रेसको तर नियुक्ति पड्काउने परिन् कमल थापाका पार्टीका कोषाध्यक्ष पुत्रीले । हाल उनी गोपी कृष्ण हलका मालिक समेत हुन् । हलकै मालिकले अध्यक्ष बन्न नपाउँने भएपनि सञ्चारमन्त्री मोहन बस्नेतले राप्रपाको चेली च्यापेपछि कांग्रेसी चलचित्रकर्मीहरु मुर्मुरिएका हुन् । अहिले निकिताबिरुद्ध पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले खुलेरै उनको विरोध गरेकी छिन् । तर, अस्ति सोमबारको क्याविनेटले निर्णय त गराइछाड्यो । तर, त्यसरी उनलाई काखी च्याप्नुको कारण भने अर्कै रहेछ ।

यसरी कांग्रेसीमन्त्रीले राप्रपाको चेलीलाई च्याप्नुको कारण हो चुनाव खर्च । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमसँग चुनावखर्च वापत दुई करोड असुलेझैं उद्धव पौडेलबाट उनकी छोरीलाई चलचित्र विकास वोर्डको अध्यक्ष बनाउन गतिलै पेटी बुझेको चर्चा कांग्रेसी चलचित्रकर्मीहरुले गर्न थालेका छन् । गत जेष्ठदेखि रिक्त चलचित्र विकास बोर्डका अध्यक्ष बन्ने लिगलिगे दौडमा अरू प्रतिस्पर्धीलाई पछाडि पार्दै गोपीकृष्ण हल मालिक उद्धव पौडेलको छोरी निकिताले बाजी मार्न सफल भएकी हुन् ।

झन्डै पाँच महिनादेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्षका लागि निकितासँगै आलोक कुमार तिवारी, उज्वल प्रसाद घिमिरे, गोपाल रिजाल (आयुष), चोपेन्द्र सागर पराजुली (सागर उद्गम), टिकाराम घिमिरे (योगेश), नरेश कुमार के.सी.,विशाल श्रेष्ठ, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुदिप कुमार रेग्मी र सुष्मा कार्कीले आवेदन दिएका थिए । तर, सबैजना फेल भए ।

पढ्नुहोस् सुष्मा कार्कीको स्टाटस पनि :

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतज्युलाई मेरो प्रश्न म आज चलचित्रको छायाँकनमा दिनैभरि व्यस्त रहेँ । त्यही बेला चार पाँच जना कलाकारले फोन गर्नुभएको थियोे । तर मैले राम्रो कुरा गर्न पाइनँ । सुटिंग सकेर घर पुगेपछि थाहा भयो कि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरिएछ । सञ्चार मन्त्रालयले बोर्ड अध्यक्षकालागि आवेदन खुला गरेको थियो । आवेदन दिनेमध्ये ११ जना छनोट भएका थिए । त्यसमध्ये नेपाली कांग्रेसमा आस्था राखेर वर्षौंदेखि कांग्रेसकै हितमा आफ्नो क्षेत्रबाट प्रत्यक्ष योगदान दिने म र म जस्तै अन्य कलाकारहरु पनि थिजस्तै तर हामी मध्येका कांग्रेसी कलाकारहरुलाई नियुक्त नगरी राप्रपा कोषाध्यक्षकी छोरी, गोपिकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेल (नियुक्तप्रति निजी वैरभाव होइन) लाई नियुक्त गरिएछ । कांग्रेसको सरकारमा कांग्रेसकै सञ्चारमन्त्री हुँदा कांग्रेसकै कलाकारहरुको मानहानी गर्दै अर्कै पार्टीको व्यक्तिलाई नियुक्त गर्दा मन्त्री बस्नेतको अगाडि कांग्रेसको आदर्श याद आएन ? कांग्रेसका भएर, कांग्रेसका लागि खटिएका, लागिपरेका कैयौ क्षमतावान निष्ठावान कलाकारहरु हुँदा हुँदै राप्रपाका कोषाध्यक्षकी छोरी जसको कांग्रेससँग गोरु बेचेको साइनो पनि छैन, उनैलाई पैसामा, शक्ति र नातावादका आधारमा वा अरु कारणले चलिचित्र विकास बोर्डको अध्यक्षमा संचारमन्त्री मोहनबहादुर बस्नतेले नियुक्ति गर्नुभएछ । कांग्रेसमा आस्था राख्ने हामी कलाकार, जसले विपीको आदर्शलाई संगीत बनाएर कांग्रेसको गीत गायौं । नेविसंघ तरुणदल र चुनाव प्रचार प्रसारका लागि कैयन गीत गायौं । लोकतन्त्रका लागि समग्र अधिकार र विकासका लागि सधै योगदान दिइरह्यौं । नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीमा के चलचित्र विकास बोर्डको नेतृत्व गर्नसक्ने कुनै सर्जक,कलाकार रहेनछन् ? हामी सबै मरेछौं त ? अब पनि हामी जस्ताले निष्ठावान कलाकारहरुले फेरि पनि कांग्रेसको झन्डा बोकेर गीत गाएर हिँड्न सक्छौं त ? कदापी सक्दैनौं!! मन्त्री बस्नेतकालागि कलाकारीता क्षेत्रबाट पार्टी र राष्टलाई योगदान दिनेहरु कुनै मूल्यका होइनन् त ? पार्टी र राष्टलाई योगदान दिनेहरुको मूल्यांकन नहुने तर जस्केलाबाट पसेकाहरुलाई अदृश्य कारणबाट नियुक्त गर्ने यो कदम तुच्छपन, अराजकता र निर्लज्जता होइन ?यस्तो निर्लज्जता राखिरहने अनि कांग्रेसको पराजयको शोक पनि मनाइरहने ? यातो मिल्छ ? विपी कोइरालाको आदर्श बेच्ने ‘मोहन बस्नेत’ प्रवृत्ति रहेसम्म यो पार्टीबाट कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह झै हजारौ नेता कार्यकर्ताहरु अपहेलित भएर निष्कासित भइरहनेछन् । अहिले हामीले पनि महसुस गरिरहेका छौ किसुनजी र लौहपुरुषले जीवनको उत्तरार्धमा किन कांग्रेस छाडे भन्ने । ती महापुरुषहरुमाथि कति अत्याचार भएको हुँदो हो ‘मोहनबहादुर बस्नेत’ प्रवृत्तिबाट । आज कांग्रेसको घोर पराजय भइरहँदा आम कार्यकर्ताले यस्तो शैली र संस्कार हट्नु पर्छ भन्ने कि नभन्ने ? चलचित्र विकास बोर्डमा नियुक्त हुने पात्र ति हुन जसको काम नै भारतीय चलचित्रलाई प्रवद्र्धन गर्ने छ । भारतीय चलचित्र चलाउन करोडौंमा राइट किन्न तछाडमछाड गर्ने, आफ्नो ब्यानरमा चलचित्र बनाए पनि भारतीय चलचित्रको राइट किन्ने रकमभन्दा निकै कम बजेटमा झारा टार्ने, नयाँ पुस्ताले बनाएका आशालाग्दा चलचित्रलाई शो नदिएर ८ मध्य अधिकांश हलमा भारतीय चलचित्रलाई प्राथमिकता दिने हल गोपीकृष्ण मुभिजकी अध्यक्षलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्दा के नेपाली चलचित्र उँभो लाग्छ ? जहाँसम्म लाग्छ, चलचित्र विकास बोर्डको अध्यक्षमा हलवालाहरुलाई नियुक्त कानूनबमोजिम पनि गर्न हुँदैन । किनभने यस्ता मानिस नियुक्त हुँदा उनीहरुले आफ्नै हित हेर्छन् । सबैको हेर्न सक्दैनन् । सञ्चारमन्त्रायले गरेको यो कर्म लज्जास्पद र हास्यास्पद पनि छ । यसले कानुनी शासन विधिको शासनको धज्जी उडाएको छ । छ महिनासम्म पद खाली राख्ने, निर्णय पहिले नै गर्ने अनि अहिले मन्त्रालय छाड्ने बेलामा सुटुक्क नियुक्त गर्नु कस्तो आचरण हो ?

मोहन जी जवाफ पाउँ ।

मकालु खबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
बुधवार २ सय १० कोरोना संक्रमित थपिए, १४६ डिस्चार्ज
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्‍यो खारेज
रवि लामिछाने गृहमन्त्री हुँदा गरेको निर्णय सरकारले गर्‍यो खारेज
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले    ।( भिडियो सहित)
आउ माया भनेर कसलाई बोलाइन त उमा श्रेष्ठले ।( भिडियो सहित)
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
Obama-era FAA hiring rules place diversity ahead of airline safety, attorney tells Tucker Carlson
न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, ‘केहीको मृत्यु’
न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, ‘केहीको मृत्यु’
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
मसाजको आनन्द लिन जाँदै हुनुहुन्छ भने होशियार !!! प्रहरी खोरमा पुगिएला…
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?