बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०८०
|
|
३२ पटक हेरिएको
Shares
बन्धकहरुको तेस्रो समूह रिहा, हालसम्म ४७ इजरायली र ११७ प्यालेस्टायनी कैदी रिहा

सारांश

  • काठमाडौं।
  • हमासले बन्धकहरुको तेस्रो समूह मुक्त गरेको छ ।
  • यसरी रिहा हुनेमा १४ इजराइली र तीन विदेशी नागरिक गरी १७ जना रहेका छन् ।

काठमाडौं। हमासले बन्धकहरुको तेस्रो समूह मुक्त गरेको छ । यसरी रिहा हुनेमा १४ इजराइली र तीन विदेशी नागरिक गरी १७ जना रहेका छन् । पछिल्लो पटक रिहा हुनेमा इजरायली र अमेरिकी नागरिकताधारी चार वर्षीया बालिका अबिगाली आइडन समेत रहेकी छन् ।

बन्दी साटफेरको सम्झौता बमोजिम इजराइलले पनि थप ३९ जना प्यालेस्टायनी बन्दीहरुलाई रिहा गरेको छ । इजरायली कारगार सेवाका अनुसार इजरायलले जेलमा रहेका प्यालेस्टायनी बन्दी मध्ये हालसम्म १ सय १७ जनालाई रिहा गरिसकिएको छ ।

यसैगरी हमासले पनि तीन पटक गरी हालसम्म ४७ जनालाई मुक्त गरिसकेको छ । चार दिने अस्थायी युद्ध विराम र बन्दी साटफेरको सम्झौता गरेका इजरायल र हमासले ५० जना इजरायली बन्धक रिहा गर्ने र त्यसको बदला इजरायलको जेलमा रहेका १ सय ५० जना कैदी रिहा गर्ने सम्झौता गरेका थिए ।

सम्झौता बमोजिम ३ जना इजराइली बन्दी रिहा हुन र ३३ जना प्यालेस्टायनी कैदी रिहा हुन बाँकी छन् । युद्ध विरामको अवधि सकिन लाग्दा हमासको कब्जामा रहेका अन्य बन्धकहरुमा त्रास र अन्यौलता बढेको छ ।

कतारको मध्यस्ततामा युद्ध विराम गरेका इजरायल र हमासलाई युद्ध विरामको अवधि थप गरी अन्यलाई पनि रिहा गर्नुपर्ने दवाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कारकाे आरोपमा पक्राउ युवक लाई १२ बर्ष जेलज
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
साबुन उद्याेगमा अागलागी हुँदा ५ कराेडकाे क्षति !
एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
काँग्रेसको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल
काँग्रेसको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा
अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
संविधान संशोधनको मुद्दा उठाएर नथाक्ने राजपा !
संविधान संशोधनको मुद्दा उठाएर नथाक्ने राजपा !

तपाईंले छुटाउनुभयो कि?