निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित

सारांश

  • काठमाडाै, २२ भदाै ।
  • राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेका तीन ट्विनटर विमान मर्मतमा अझै केही समय लाग्ने भएपछि दशैँमा दुर्गम क्षेत्रमा निगमले सेवा दिन सक्छ, सक्दैन भन्ने अन्योल भएको छ।
  • छोटो धावनमार्ग भएको विमानस्थमा उडान गर्ने ट्विनटर जहाजहरु मर्मतका लागि कम्तिमा ३ हप्तादेखि ५ महिनासम्म लाग्ने जानकारी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले दिए।

काठमाडाै, २२ भदाै । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेका तीन ट्विनटर विमान मर्मतमा अझै केही समय लाग्ने भएपछि दशैँमा दुर्गम क्षेत्रमा निगमले सेवा दिन सक्छ, सक्दैन भन्ने अन्योल भएको छ।छोटो धावनमार्ग भएको विमानस्थमा उडान गर्ने ट्विनटर जहाजहरु मर्मतका लागि कम्तिमा ३ हप्तादेखि ५ महिनासम्म लाग्ने जानकारी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले दिए।

कंसाकारका भनाईमा, नेपाली इन्जिनियरहरुले मर्मत गर्न नसके पछि यी विमान मर्मतकालागि विदेशी विज्ञ ल्याइएका छन्। निगमसँग रहेका तीनवटा ट्विनटर जहाजमध्ये प्राविधिक समस्या देखिएपछि झण्डै एक महिना यता सबै जहाज ग्राउण्डेड भएका छन्। त्यसमध्ये, कलसाइन ९एन-एबियु र ९ एन-एबिटी भएका दुई विमान एक महिना अघिदेखि ग्राउन्डेट भएका हुन् भने कलसाइन ९ एन-एबिएक्स कलसाइनको विमान चार वर्षयता ग्राउन्डेड छ।

ग्राउन्डेड भएका तीन मध्ये एउटा मर्मतका लागि तीन हप्ता र अर्को मर्मतका लागि महिनादिन लाग्ने उनले बताए। चार बर्षदेखि ग्राउण्डेड ९एन-एबिएक्स विमानको दुईवटा इन्जिन र ल्यान्डिङ गियर फेर्नुपर्ने भएकाले बिक्री गर्ने वा मर्मत गर्ने भन्ने निर्णयमा पुग्न नै निगमलाई लामो समय लाग्यो।

‘बर्षाैंदेखि ग्राउन्डेड सो विमान मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका छौँ’ कंसाकारले भने, ‘विदेशी विज्ञले सबै विमानको मर्मत गरिरहेका छन्।’निजी वायुसेवा कम्पनीले उडान नगर्ने विमानस्थलमा समेत निगमले उडान गर्दै आएको थियो। निगमले यी जहाजबाट काठमाडौँ, नेपालगञ्ज र विराटनगर विमानस्थलबाट ट्वीनटरमार्फत् हिमाली र पहाडी जिल्लामा उडान गर्ने गरेको थियो।

तिनमा फाप्लु र लुक्ला (सोलु) भोजपुर, मुसिकोट (रुकुम), चौरजहारी, जुम्ला, ताप्लेजुङ, डोल्पा, जोमसोम (मुस्ताङ), बागलुङ, १८ गन्तव्यमा ट्विनटरले उडान गर्दै आएको थियो।हिमाली र पहाडी क्षेत्रमा मात्र नभएर तराईका विमानस्थलहरुमा समेत बेलाबेलामा उडान गर्ने गरिएको थियो। यी विमानहरुबाट निगमले हप्तामा ७६ उडान गर्दै आएको थियो। तर, सबै जहाज ग्राउन्डेड हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ।

विमानको मर्मत भएपछि नियमित रुपमा सञ्चालनमा ल्याउनले निगमका महाप्रवन्धक कंसाकारले बताए। दशैँ नजिकिदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विहान छ बजेदेखि नै सञ्चालनमा आएपनि ट्वीनटर जहाज ग्राउण्डेड भएकाले अझै केही समय निगमका जहाजबाट यात्रुले सेवा पाउने छैनन्। आन्तरिक उडानका लागि निगमसँग वाइ-१२ चारवटा र एमए-१६ दुईवटा र तीनवटा ट्विनटर विमान छन्। अन्तर्राष्ट्रिय उडानका लागि बोइङ ९ एसिबी-५७५, दुई-दुईवटा एयरबस ३२० र ३३० विमान छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?