चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्कियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्कियो

सारांश

  • नेपाल भ्रमणमा रहेको चिनियाँ टोली आज स्वदेश फर्किएको छ ।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको बेला आएको चिनियाँ टोली आज स्वदेश फर्किएको विमानस्थल स्रोतले जनाएको छ ।
  • नेकपाको विवाद मिलाउनकै लागि चिनियाँ टोली नेपाल आएको भनेर आरोप भैरहेको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ टोली आज स्वदेश फर्किएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको बेला आएको चिनियाँ टोली आज स्वदेश फर्किएको विमानस्थल स्रोतले जनाएको छ । नेकपाको विवाद मिलाउनकै लागि चिनियाँ टोली नेपाल आएको भनेर आरोप भैरहेको छ ।

नेकपालाई मिलाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय गत आइतबार टोली आएको थियो। चिनियाँ टोली बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा स्वदेश फर्किएको हो । नेपाल बसाईको क्रममा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल माधव कुमार नेपाल, झलनाथ खनाल, सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?