यूएनडीपीको पैसामा सांसदको रजाइँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
यूएनडीपीको पैसामा सांसदको रजाइँ

सारांश

  • काठमाडौं ७ बैशाख ।
  • संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् ।
  • प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाउनुभएको छ ।

काठमाडौं ७ बैशाख । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् ।

प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाउनुभएको छ ।

‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वाचित रावलले भन्नुभयो– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’

रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरु बहिष्कार गर्ने नीति नै बनाउनुभएको छ ।

उहाँले अरु सांसदलाई पनि आफ्नो अभियानमा लाग्न सहयोग पुर्‍याउन आग्रह गर्दै आउनुभएको छ । रावलले यो विषयबारे संसद्को आगामी बैठकमा उठाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति शुक्रबार हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सा गएको छ । समितिको बिहीबारको बैठकमा समेत सभापतिले बारा र पर्सा जाने प्रस्ताव राखेपछि सांसद रावलले फेरि पनि यही प्रश्न दोहोर्‍याउनुभयो ।

रावलले बिहीबार पनि समितिकी सभापति शशी श्रेष्ठलाई दातृसंस्थाको लगानी छ कि छैन भनेर प्रश्न गर्नुभएको थियो ।

‘उहाँ (सभापति) ले ३ पटकसम्म मलाई कसैको पनि लगानी छैन भनेर विश्वास दिलाउनुभयो तर पनि म गइनँ’, रावलले भन्नुभयो– ‘कसैले सहयोग गर्छ भने राम्रो कुरा हो तर त्यो सहयोग सरकारलाई उपलब्ध गराएर संसद् सचिवालय हुँदै समितिमा आउनुपर्छ भन्ने मेरो तर्क हो ।’

केहीअघि पश्चिमका जिल्ला पुगेको निरुदेवी पाल सभापति रहेको महिला तथा सामाजिक समितिलाई पनि यूएनडीपीले लगानी गरेको थियो ।

२ साताअघि धुलिखेल पुगेको कल्याणीकुमारी खड्का सभापति रहेको विकास तथा प्रविधि समितिलाई पनि त्यो संस्थाले प्रत्यक्षरूपमा लगानी गरेको समितिकै कर्मचारी बताउँछन् । -नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ
दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु: किसान श्रेष्ठ
के काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?
के काँग्रेसले अर्बौंको भ्रष्टाचार खोजेर सार्वजनिक गर्न सक्ला ?
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
नेपालगञ्जमा ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
गठबन्धनको बैठकमा बजेटको प्राथमिकतादेखि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल
तीन गोही मृत अवस्थामा , सात जालमा
तीन गोही मृत अवस्थामा , सात जालमा
उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
उदयपुरकाे कटारी अस्पतालबाट सर्पदंश उपचार गराउन पहल
बेनीबाट नारायणगढ जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु
बेनीबाट नारायणगढ जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?