निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७३
|
|
३७२ पटक हेरिएको
Shares

सारांश

  • उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् ।
  • इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत जान लगेका हुन् ।
  •   भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत जान लगेका हुन् ।

 

भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्ने छन् ।  आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नेर् उनका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । दहालका अनुसार निधिले कञ्चनपुरमा भारतीयको गोली लागेर मृत्यु भएकोबारे पनि कुराकानी गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?