भुटानी शरणार्थी शिविरमा भिषण आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
भुटानी शरणार्थी शिविरमा भिषण आगलागी

सारांश

  • मोरङ, २३ मंसिर।
  •  मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
  • आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएका चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो ।

मोरङ, २३ मंसिर। मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आएका चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट हुँदा रु एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी दिए । आगो आधा घण्टापछि दमकबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?