‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’

सारांश

  • काठमाडौं, १४ मंसिर ।
  • नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
  • शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन गरेर मात्रै १२औं महाधिवेश गर्नुपर्ने माग गरेका हुन ।

काठमाडौं, १४ मंसिर । नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले संघको विधानअनुसार १२ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले पत्रकार सम्मेलन गरेर संघको विधान सम्मेलन गरेर मात्रै १२औं महाधिवेश गर्नुपर्ने माग गरेका हुन ।

उनले भने,‘बहुमत केन्द्रिय सदस्यहरुको भावना र विधानको विपरित तोकिएको १२ औं महाधिवेशनको मिति आँफैमा कम्जोर छ, घोषणा गरेको मिति महाधिवेशन गर्नको लागि होईन, मैदानबाट आएका नेविसंघका प्रतिनिधिहरुबाट आगामी नेतृत्व चयन गर्नुपर्छ भन्नेमा हामी छौं, कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिँदैछ, जुन कुरा हामीलाई स्वीकार्य छैन् ।’

परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । उनले भने,‘हालै परिमार्जित भएर आएको संघको विधानले पनि विद्यार्थीको हित गर्न सकेको छैन्, निर्वाचित स्ववियु सभापति र इकाई अध्यक्षहरुले स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ, दोस्रो कुरा अधिवेशन सम्पन्न गराउने जिल्ला अध्यक्ष र इकाई अध्यक्षहरु ३२ वर्ष माथिकाले पनि महाधिवेशन प्रतिनिधि हुनु पाउनुपर्छ भन्ने हाम्रो माग हो, नेतृत्वले यसमा ध्यान दिएको नपाईएपछि हामी आन्दोलित हुन बाध्य भएका हौं ।’ प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरु छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले संगठनमा असमानताको स्थिति र्सिजना गर्ने पनि उनको चिन्ता छ । ‘त्यसैले यो व्यवस्थालाई सच्याउनुपर्छ ।’–उनले थपे ।

संघका अर्का नेता मनोजमणी आचार्यको टिमले संघको महाधिवेशन गर्नको लागि आर्थिक खर्च पार्टीले ब्यहोर्ने परम्परा भएको जानकारी दिँदै संघका अध्यक्ष नैनसिंह महरले आफूखुशी अर्थ संकलन गरेको आरोप लगाए । जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्नको लागि सम्पूर्ण आर्थिक व्यवस्थापन हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले गर्ने परम्परा रहेको र चन्दा संकलन गर्ने नेविसंघको कुनै नीति समेत नरहेको हुँदा संगठनलाई बद्नाम गर्ने मनसायले कहीकतै संघका नाममा चन्दा मागेको खण्डमा सो चन्दा नदिनुहुन सबैमा जानकारीकासाथ अपिल गर्दछौं ।’

महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समुहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरि महाधिवेशन गर्न माग गरेको छ । साथै, वर्तमान सरकारको कदमहरुका बिरुद्धमा नेविसंघ निरन्तर रुपमा उत्रिरहेको जानकारी पनि गराएको छ ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य तेज बाँनिया, कल्पना खड्का र भोला नेपालले संघको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरि विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।आदरणीय पत्रकार साथीहरु,

नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन तत्काल सम्पन्न गर्नु पर्ने दायित्व हाम्रो सामु छ । निर्वाचनबाट मात्रै नेतृत्व छनोट हुनुपर्छ भन्ने मुल मर्ममा हामीहरु सधैभरि प्रतिबद्ध छौं । संघको ११ औं महाधिवेशन सम्पन्न भएदेखि नै हाम्रो जोड संघको १२ औं महाधिवेशन विधि र विधानसम्मत ढंगले हुनु पर्नेमा हामी निरन्तर आन्दोलित थियौं । आजका दिनमा पनि महाधिवेशनको सुनिश्चिचताको लागि सशक्त भूमिका निर्वाह गर्न निरन्तर क्रियाशील छौं ।

महाधिवेशनको सुनिश्चितता

हाम्रो परम्परा तथा विधि विधान अनुसार केन्द्रीय समितिको पूर्ण बैठकबाट मात्रै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नु पर्नेमा सो नगरी केन्द्रिय समितिका सम्पूर्ण साथीहरुलाई समेत जानकारी नगराईकन संघका अध्यक्षले मनोमानीपूर्ण ढंगले गरेका निर्णयले संगठनलाई थप कमजोर बनाएको छ । बैधानिक महाधिवेशनका लागि जिम्मेवार नभई महाधिवेशनको बाहिरी नाटक मञ्चन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै विधि, विधान र आजको शैक्षिक तथा विद्यार्थी आन्दोलनको आवश्यकतालाई ध्यानमा राखी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको पूर्ण बैठकका मार्फत स्कूल इकाई अधिवेशन देखि केन्द्रिय महाधिवेशनको सुनिश्चितताको लागि आवश्यक सम्पूर्ण निर्णयहरु गरी तत्काल अगाडि बढ्न अब ढिला गर्नु हुँदैन भन्ने हाम्रो ठहर रहेको छ । एकताबद्ध ने.वि.संघले मात्र कम्युनिष्ट अधिनायकवादका विरुद्ध लड्ने सामथ्र्य राख्दछ भन्ने हाम्रो ठम्याई स्पष्ट पार्दै जीवन्त संगठनका लागि महाधिवेशनको सुनिश्चितताका निम्ति क्रियाशील रहन सम्पूर्ण साथीहरुलाई अपिल गर्दछौं ।

विधान परिमार्जन

१२ औं महाधिवेशनको सुनिश्चितताको बहस चलिरहेको बेला लोकतन्त्र र काँग्रेसको नर्सरीका रुपमा रहेको ने.वि.संघको विधानमा भएको व्यवस्थाले संगठनको दायरा साँघुरो बनाएको र देशभरका उर्जाशील विद्यार्थी साथीहरुलाई निराश तुल्याएको छ । यस सन्दर्भमा महाधिवेशन प्रतिनिधिको संख्या साघुरो बनाइएको र स्ववियु निर्वाचन हुने देशभरका क्याम्पसका निर्वाचित स्ववियु सभापतिहरु एवं ईकाई अध्यक्षहरुलाई केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि हुनबाट बञ्चित गरिएको व्यवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मातृ पार्टीको महाधिवेशन प्रतिनिधिको संख्या झण्डै ४ हजारको सेरोफेरोमा हुने विधान प्रस्ताव भईरहेको अवस्थामा ने.वि.संघ जस्तो गौरवपूर्ण इतिहास र सुन्दर भविष्य बोकेको संगठनमा अधिकतम विद्यार्थीको सहभागिता गराउँदै संगठनलाई थप सशक्त बनाउन अहिलेको संख्यालाई कम्तिमा तेब्बर बनाउँदै सम्पूर्ण स्ववियू सभापतिहरु र इकाई अध्यक्षहरु स्वतः केन्द्रिय महाधिवेशन प्रतिनिधि हुने कुराको सुनिश्चितताका लागि संघर्ष गर्ने अठोट गर्दछौं ।

संघको विधान अनुसार ३२ वर्ष माथिका केन्द्रिय पदाधिकारी एवम् सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने तर ३२ वर्ष काटेका जिल्ला र इकाई अधिवेशन सम्पन्न गर्ने जिल्ला एवम् इकाई अध्यक्षसहितका साथीहरुले प्रदेश र केन्द्रको अधिवेशनमा भाग लिनका लागि प्रतिनिधि बन्नबाट समेत बञ्चित गर्ने विधानको व्यवस्था तत्काल अन्त्य गरी निवर्तमान हुने अध्यक्ष सहितका साथीहरुलाई महाधिवेशनमा सहभागी गराउनु पर्ने हाम्रो धारणा स्पष्ट पार्दछौं ।

अन्त्यमाः नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्नका लागि सम्पूर्ण आर्थिक व्यवस्थापन हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले नै गरिदिने परम्परा रहेको र चन्दा संकलन गर्ने ने.वि. संघको कुनै नीति समेत नरहेको हुँदा संगठनलाई बदनाम गर्ने मनसायले कहीकतै संघका नाममा चन्दा मागेको खण्डमा सो चन्दा नदिनुहुन सबैमा जानकारीका साथ अपिल गर्दछौं ।

जय नेपाल !

हरिहर शर्मा – सह–महामन्त्री
साधना घिमिरे – सह–महामन्त्री
ललिता सुनुवार – सह–महामन्त्री
भोला नेपाल – केन्द्रीय सदस्य
तेज बानिया – केन्द्रीय सदस्य
खडक वि.सी. – केन्द्रीय सदस्य
हरिबोल भट्टराई – केन्द्रीय सदस्य
सागर प्रसाई – केन्द्रीय सदस्य
प्रेमिका रानामगर – केन्द्रीय सदस्य
उज्जलराम घिमिरे – केन्द्रीय सदस्य
लेखनाथ भट्टराई – केन्द्रीय सदस्य
कल्पना खड्का – केन्द्रीय सदस्य
पम्फा गान्धारी – केन्द्रीय सदस्य
चेत बहादुर मगर (चेतन)–केन्द्रीय सदस्य
भानुभक्त ढकाल – केन्द्रीय सदस्य
शारदा लामा – केन्द्रीय सदस्य
सुनिता पोखरेल – केन्द्रीय सदस्य
गोपाल गुरुङ्ग – केन्द्रीय सदस्य
दिपेश राज भण्डारी – केन्द्रीय सदस्य
लोकेन्द्र शाही – केन्द्रीय सदस्य
ममता राई – केन्द्रीय सदस्य
पवन नेपाली – केन्द्रीय सदस्य
विजय राई – केन्द्रीय सदस्य
राजाबाबु शाह – केन्द्रीय सदस्य
अर्चना रेग्मी – केन्द्रीय सदस्य
विशाल गुप्ता – केन्द्रीय सदस्य
कमल बुढा – केन्द्रीय सदस्य
राकेश यादव – केन्द्रीय सदस्य
गणेश भट्ट – केन्द्रीय सदस्य
रामचन्द्र भट्टराई – केन्द्रीय सदस्य
देवराज जोशी – केन्द्रीय सदस्य
कैलाश चन्द – केन्द्रीय सदस्य
पुनम भट्ट – केन्द्रीय सदस्य
इश्वरी बम – केन्द्रीय सदस्य
विजय गौतम – केन्द्रीय सदस्य
नमिता चौधरी – केन्द्रीय सदस्य
हरि शर्मा – केन्द्रीय सदस्य
दिनेश शाह – केन्द्रीय सदस्य
ममता कुमारी महतो – केन्द्रीय सदस्य
ज्ञानु तिमल्सेना – केन्द्रीय सदस्य
दिपेन्द्र खड्का – केन्द्रीय सदस्य
रेखा परियार – केन्द्रीय सदस्य
अनिल शाही – केन्द्रीय सदस्य
निरज अग्रवाल – केन्द्रीय सदस्य
नवराज देवकोटा – केन्द्रीय सदस्य

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?