निर्मला पन्त हत्या प्रकरण: आफ्नो हत्या हुन सक्ने भन्दै छानबिन समितिका सदस्यले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, २५ भदाै ।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।
  • प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

काठमाडौ, २५ भदाै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै आए । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’

न्द्र केसीले पन्तका हत्याराहरु शक्तिशाली भएको र उनीहरुले आफ्नो पनि हत्या गर्न सक्ने अाश‌का व्यक्त गरेका छन्।  राजीनामा दिँदै आफ्नो जीवन रक्षाका लागि सरकार, मानवअधिकारवादी संघसंस्था समेत गुहारेका छन्।

प्रस्तुत छ उनले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ:

बिगत दुई दशकदेखि नेपाल सरकार मातहतका विभिन्न निकायमा विभिन्न भूमिकाका साथ चुनौतिपूर्ण र प्रतिकूल अवस्थामा पनि राज्यले सुम्पेको जिम्मेवारी इमान्दारी र निष्ठापूर्ण रुपमा विना प्रभाव, दबाव र मोलाहिजामा नपरी सम्पन्न गर्दै आएँ। त्यसमा मलाई गर्व छ।

म जुन निकायमा रहेँ, उक्त संस्थामा रहँदा जनता, राज्य र सरकारको आदेशलाई केन्द्रविन्दूमा राखेर कार्यसम्पादन गरेँ। यसैक्रममा मिति २०७५ श्रावण १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या घटना छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिमा नेपाल सरकारले सदस्यको रुपमा जिम्मेवारी सुम्पिएकाले नेपाल सरकारप्रति आभारी छु।

सरकारले तोकिदिएको जिम्मेवारी अनुसार मिति २०७५ भाद्र ८ देखि संयोजकसहितको टोलीसँगै मपनि कञ्चनपुरको महेन्द्रनगर पुगेँ। म चाहन्थेँ, वास्तविक अपराधी पहिचान गरी न्यायिक कठघरामा उभ्याइनेछ। तसर्थ म प्रतिदिन बीस घण्टाको दरले छानविन कार्यमा नै तल्लीन रहेँ। अथक प्रयासको परिणामस्वरुप घटनाको सम्बन्धमा मलाई एउटा निष्कर्षमा पु¥यायो। कानूनको विद्यार्थी, विगतमा एउटा स्वास्थ्य प्राविधिकको लामो अनुभवले गर्दा घटनाको तथ्य, वस्तुस्थिति आम नागरिकको भनाई अनुसन्धानको क्रममा तयारी पारिएका कागजातहरु बीचको तादाम्यता र लासको प्रकृति आदिको विषयवस्तुको विश्लेषणबाटै घटनाको सम्बन्धमा निक्र्याेल गर्न सहयोग पु¥यायो।

तोकिएको १५ दिनको समयावधिभित्रै प्रतिवेदन पेश गर्ने उद्देश्यका साथ प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार पारेँ। डिएनए टेष्टको कम्प्लिकेसन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समिति समक्ष वारम्वार आफ्नो धारणा राख्दै आएँ।

मेरा धारणा र तथ्य तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखी जिम्मेवारीबाट हटेको जानकारी नेपाल सरकारसमक्ष पेश गर्न संयोजकमार्फत् मिति २०७५ भाद्र १८ गते निवेदन पेश गरेँ। संयोजकज्यूको आग्रह र सल्लाह बमोजिम समितिमा रही पुन: छानविन कार्यमा संलग्न रहेँ।

अनिता बम दिदी बहिनीको इन्कारी बयान, २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने कानूनी प्रावधानले समयमा प्रतिवेदन पेश नगर्दा अपराधी उम्कन सक्ने प्रवल सम्भावना रहेको अवस्था नेपाल सरकारको मिति २०७५ भदौ २४ गतेको मन्त्री परिषदको निर्णय अनुसार २०७५ भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरेको पत्र प्राप्त भएको सन्दर्भमा निर्मला पन्तको बर्बरतापूर्ण जघन्य अपराधको विरुद्धमा उभिई आत्मालाई र निजको परिवारलाई यस समितिबाट मेरो तर्फबाट असम्भवदेखि आज मिति २०७५ भाद्र २५ बाट अलग रहेको बेहोरा नेपाल सरकार प्रदेश–७ सरकारलाई जानकारी गराउँछु।

नेपाल सरकार गृहमन्त्रालय र संयोजकज्यूलाई बाहिरिएको लिखित निवेदन हुलाकमार्फत् पठाएको जानकारी गराउँछु। र, रक्षा, कानूनी शासन र न्यायपूर्ण समाजको स्थापनाको प्रतिकूल हुने सम्झौता गरिन र गर्नेपनि छैन। घटनाको छानविनको क्रममा सत्य तथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवद्र्धन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाका लागि सहयोगको अपिल गर्दछु।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
नेकपा (माओवादी केन्द्र)ले भन्यो- विप्लव नेकपा विरुद्धको प्रतिवन्ध तत्काल खारेज गरियोस
नेकपा (माओवादी केन्द्र)ले भन्यो- विप्लव नेकपा विरुद्धको प्रतिवन्ध तत्काल खारेज गरियोस
रोनाल्डो सहित फिफा उत्कृष्ट खेलाडीका लागि तीनजनाको नाम मनोनयन
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ

तपाईंले छुटाउनुभयो कि?