प्रदेशका राजधानी चाँडै तोकिने ; प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रदेशका राजधानी चाँडै तोकिने ; प्रधानमन्त्री देउवा

सारांश

  • डडेल्धुरा, २१ मंसिर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ ।
  • गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो ।
  • “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उहाँले भन्नुभयो ।

डडेल्धुरा, २१ मंसिर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ ।
गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उहाँले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गर्नुभएको हो । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?