१० प्रदेश हाँक्ने यी कमाण्डरलाई दिए अध्यक्ष आचार्यले बधाई
सारांश
- काठमाडौं, २२ बैशाख ।
- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघका ७ भौगोलिक र ३ गैरभौगोलिक प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष तथा सिङ्गो कार्यसमितिलाई बधाई र शुभकामना दिएका छन् ।
- बैशाख २२ गते महासंघको प्रदेश समिति निर्वाचन सम्पन्न भएको थियो ।
काठमाडौं, २२ बैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघका ७ भौगोलिक र ३ गैरभौगोलिक प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष तथा सिङ्गो कार्यसमितिलाई बधाई र शुभकामना दिएका छन् । बैशाख २२ गते महासंघको प्रदेश समिति निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनको अन्तिम परिणामअनुसार प्रदेश नं १ मा विक्रम लुइटेल, २ मा दीपेन्द्र चौहान, ३ मा प्रताप विष्ट, ४ मा त्रिभुवन पौडेल, ५ मा मौसम रोका मगर, ६ मा दुर्गा थापा, ७ मा अर्जुन शाह, उपत्यकामा एनके दाहाल, प्रतिष्ठानमा शेखर अधिकारी र एशोसिएटमा केपी ढुंगानाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । “निर्वाचन र सर्वसम्मतरुपमा निर्वाचित सबैमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । निर्वाचन कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नु हुने निर्वाचन समिति, केन्द्रीय समितिका साथीहरु, केन्द्रीय प्रतिनिधि, शाखा र एशोसिएटका अध्यक्षसहित आम पत्रकार साथीहरुमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु”, अध्यक्ष आचार्यले भनेका छन् ।
पत्रकार महासंघको आन्तरिक संगठनात्मक जीवनमा धेरै ठूलो महत्व राख्ने प्रदेश समितिको निर्माणपछि महासंघ पूर्णरुपमा संघीय ढाँचामा गएको उल्लेख गर्दै अध्यक्ष आचार्यले सबै प्रदेश समितिहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको हक, हित र अधिकारका साथै पत्रकारिताको व्यावसायिक विकास र नागरिक हकका पक्षमा समेत बढीभन्दा बढी काम गर्ने सफलता मिल्ने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया