महासचिव विष्णु पौडेलका छोराले पाँचौं व्यक्तिबाट बालुवाटारको जग्गा किनेको भेटियो
सारांश
- काठमाडौं ।
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेकपाका महासचिव विष्णु पौडेलका छोराको नाममा बालुवाटारमा रहेको जग्गा वैधानिक रुपमा किनेको बताएकी छिन् ।
- मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैठौं व्यक्तिको रूपमा नवीनको नाममा हस्तान्तरण भएको बताइन ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नेकपाका महासचिव विष्णु पौडेलका छोराको नाममा बालुवाटारमा रहेको जग्गा वैधानिक रुपमा किनेको बताएकी छिन् ।
मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैठौं व्यक्तिको रूपमा नवीनको नाममा हस्तान्तरण भएको बताइन । तर पौडेलको छोराको नाममा रहेको जग्गा रोक्का रहेको बताइन ।
रिपोर्टर्स नेपालमा भएको कार्यक्रममा मन्त्री अर्यालले महासचिव पौडेलका छोरा नवीनले किनेको ललिता निवासको जग्गा मोही किटान भएका कारण वैधानिक भएको बताइन् ।
विष्णु पौडेलका छोरा नवीन पौडेलसित जोडिएको आएको जग्गाको विषयमा अध्ययन गरिएको र किनिएको जग्गा मोही किटान भएर साविक भैसकेको दाबी गरिन् ।
ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ता किटान भैसकोे बताइन । सबै कित्ता रोक्का गरिएको मन्त्री अर्यालको भनाइ छ । मन्त्री अर्यालले उक्त विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउन छानबिन आयोग बनाउने बताइन ।
प्रतिक्रिया