सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला

सारांश

  • काठमाडौं ।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ ।
  • गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्स्पेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोर सहितको टोलीले खोजिरहेको थियो ।

तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भँगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । त्यसपछि गाडीसँगै २ वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार शवको सनाखत हुनसकेको छैन ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो ।

चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज
सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
१५ हजार सेना, प्रहरी हाकिमकोमा ‘घरेलु कामदार’!
१५ हजार सेना, प्रहरी हाकिमकोमा ‘घरेलु कामदार’!
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !
३३ किलाे सुन प्रकरण: अदालतमा थुनछेक बहस सुरु !
केकी अधिकारीलाई  कस्ले छुटाउन खोज्यो हेरौ
केकी अधिकारीलाई कस्ले छुटाउन खोज्यो हेरौ
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा