काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन

सारांश

  • कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म रु तीन करोड संकलन भएको छ ।
  •   मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट रु दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रु एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ ।

कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म रु तीन करोड संकलन भएको छ ।

मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट रु दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रु एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ ।

बुद्ध मण्डला निर्माणका लागि छ रोपनी जमिन खरिद गरिएको छ । सो बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रवास, सङ्गग्रहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचासमेत निर्माण गरिने छ ।

मण्डला निर्माणका लागि झण्डै रु एक अर्बभन्दा बढी खर्च लाग्ने र यसको लागि स्वदेशी तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारी रहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने-यति ह्यान्डसम कसरी?
गु्ण्डा नाइके अशोक लामा प्रहरीको इन्काउन्टरमा…
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
…आँखामा लुकाउँछन् त कसैले मुस्कानमा
…आँखामा लुकाउँछन् त कसैले मुस्कानमा
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !

तपाईंले छुटाउनुभयो कि?