निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
३० पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ

सारांश

  • कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।
  •  कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन । कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुई जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर कसलाई पक्राउ गरेको हो रती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

पक्राउ गरेलगत्तै उनीहरुसँग ब्युरोले बयानसमेत लिइसकेको छ । बयानकै क्रममा शंका उब्जिएपछि उनीहरुलाई डीएनए जाँचका लागि र अन्य थप अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको हो ।

पक्राउ परेका दुवैजना निर्मलाको हत्या भएको दिन कञ्चनपुरमै रहेको र घटनालगत्तै उनीहरु अछाम गएको बताइएको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?