शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
शाहरुखलाई पऱ्यो फसाद, घरमा भयो यस्तो

सारांश

  • एजेन्सी, माघ १७ ।
  •  शाहरुख खान विश्वकै धनी अभिनेताहरूमा गनिन्छन् ।
  • उनको लोकप्रियता पनि उत्तिकै छ तर अचेल उनको फिल्मी क्यारियर भने धर्मराउँदो पछिल्ला चलचित्रहरू खासै छाप छोड्न सफल देखिएका छैनन् जसका कारण बलिउडका तीन खानहरूको दौडमा उनी केही सुस्त देखिएका छन् ।

एजेन्सी, माघ १७ । शाहरुख खान विश्वकै धनी अभिनेताहरूमा गनिन्छन् । उनको लोकप्रियता पनि उत्तिकै छ तर अचेल उनको फिल्मी क्यारियर भने धर्मराउँदो पछिल्ला चलचित्रहरू खासै छाप छोड्न सफल देखिएका छैनन् जसका कारण बलिउडका तीन खानहरूको दौडमा उनी केही सुस्त देखिएका छन् ।

यस्तोमा उनलाई क्यारियरको चिन्ताले सताउनु स्वाभाविक नै हो । तर अब उनलाई निजी जिन्दगीमा पनि समस्याले घेर्ला जस्तो छ । पछिल्लो पल्ट दक्षिणी मुम्बईको अलीबाग स्थित उनको बङ्गला चर्चामा रहेको थियो । यहाँ उनको जन्मदिन मनाउन जम्मा भएका बलिउड सेलिब्रिटीहरू जम्मा हुँदा उनले प्रदेश सरकारका एक जना मन्त्रीको खप्की समेत खानु परेको थियो । कुरो के थियो भने ती मन्त्रीलाई शाहरुखको घर वरिपरीको भिडभाडले निर्धारित स्थानमा पुग्न ढिलो भएको थियो ।

अब त्यहि बङ्गला एकपल्ट फेरि चर्चामा आएको छ र यसपालीको चर्चा भने शाहरुखको होस उडाइदिन पर्याप्त छ । यस पटक भारत सरकारको आयकर विभागले उनको यस बङ्गलामा सिलबन्दी गरिदिएको छ । विभागले बेनामी सम्पत्ति ऐन अन्तर्गत बङ्गलामा सिलबन्दी गरेको हो । यो ऐन नरेन्द्र मोदी सरकारले अर्काको नाममा सम्पत्ति खरिद गरेर आयकर छल्नेहरूलाई लक्षित गर्दै गत नोभेम्बरदेखि लागु गरेको हो ।

शाहरुख यस अघि पनि यही बङ्गलालाई लिएर विवादमा फसिसकेका छन् । उनले यो जमिन खेती गर्न भनेर किनेको र यसमा सानदार बङ्गला निर्माण गरेर समुद्रतटीय निर्माण नियमहरूको उल्लंघन गरेको मुद्दा उनले यस अघि नै झेलिरहेका छन् ।

(stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?