मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई

सारांश

  • काठमाडौं ।
  • अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सहित ३ जनाको इजलासले विशेष अदालतबाट पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई भ्रष्टाचारी ठहर गरेको थियो ।
  • संयोगवश ओमप्रकाश मिश्र सर्वोच्च अदालतको नेतृत्व अर्थात प्रधानन्यायाधीशमा रहेको बेला त्यो मुद्दा उल्टिएर भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सर्वोच्चले सफाइ दिएको छ।

काठमाडौं । अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सहित ३ जनाको इजलासले विशेष अदालतबाट पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई भ्रष्टाचारी ठहर गरेको थियो ।

संयोगवश ओमप्रकाश मिश्र सर्वोच्च अदालतको नेतृत्व अर्थात प्रधानन्यायाधीशमा रहेको बेला त्यो मुद्दा उल्टिएर भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सर्वोच्चले सफाइ दिएको छ। तर, प्रधानन्यायाधीश आफैको बेन्चले सफाइ दिएको भने होइन ।

न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विहिबार पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने ठहर गरेको हो । विशेष अदालतले बोहोरा प्रहरीको प्रमुख पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै डेढ वर्ष कैदसहित २७ लाख माग दाबी सहित त्यत्तिकै मात्रामा बिगो ठहराएको थियो ।

विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो। २०६१ साल साउन २९ मा अख्तियारले बोहोरा विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । बोहोरा २०४९ सालदेखि २०५३ सम्म प्रहरी महानिरीक्षक बनेका थिए।

विशेषको फैसला विरुद्ध सर्वोच्च अदालतमा २०७० जेठ १९ गते पुनरावेदन गरिएको थियो। सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले विहिबार सफाइ दिएको हो। विशेषले भ्रष्टाचारी ठहराएको ७ वर्षपछि बोहोरालाई सर्वोच्चले सफाई दिलाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?