निर्वाचन अनिश्चित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
१०४२ पटक हेरिएको
Shares
निर्वाचन अनिश्चित

सारांश

  • काठमाडौः संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ ।
  • संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो ।
  • संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची आउनुअघि नै सभामुख ओनसरी घर्तीमगरले आगामी २१ गतेसम्मका लागि बैठक स्थगित गरिन् ।

काठमाडौः संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ ।संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो । संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची आउनुअघि नै सभामुख ओनसरी घर्तीमगरले आगामी २१ गतेसम्मका लागि बैठक स्थगित गरिन् । संशोधनको कार्यसूची सरकारले संसद्मा प्रस्तुत गरेको हुनाले सरकार स्वयं नै उक्त कार्यसूचीबाट पछि हट्नुपर्ने सूचना सभामुखलाई दिएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महाभियोग अघि बढाउनुको कारणबारे सोमबार बिहान पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराउने माओवादी केन्द्र स्रोतले जनाएको छ । शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा दाहालले प्राविधिक कारणले वैशाख ३१ गते स्थानीय निर्वाचन हुन नसक्ने संकेत दिएको भोलिपल्टै सत्तापक्ष र मोर्चाको संयुक्त संशोधन प्रस्ताव दर्ता हुनु, आइतबार फास्ट ट्र्याकबाट पारित गराउने सहमतिअनुसार संशोधन अघि बढ्न नसक्नु स्थानीय निर्वाचन अनिश्चितताको प्रमाण रहेको दाबी प्रतिपक्षी दलहरूले गरेका छन् ।

एमाले उपाध्यक्ष भीमबहादुर रावलले भन्नुभयो, ‘एकाएक स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने उद्देश्यमा कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनु नै स्थानीय तहको निर्वाचनको अनिश्चितता हो । स्थानीय निर्वाचनलाई सुनिश्चित गराउने र शक्ति पृथकीकरणको सिद्धान्तलाई कायमै राख्ने उद्देश्यका साथ सोमबार बस्ने एमाले स्थायी समिति बैठकले महत्ववपूर्ण निर्णय लिनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
यी हुन् एमाले र माओवादीबाट मन्त्रीका आकांक्षी, संख्या २० भन्दा कम हुने
यी हुन् एमाले र माओवादीबाट मन्त्रीका आकांक्षी, संख्या २० भन्दा कम हुने
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै
चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु

तपाईंले छुटाउनुभयो कि?