गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?

सारांश

  • काठमाडाै, २७ असाेज ।
  • नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ।
  • दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो।

काठमाडाै, २७ असाेज । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ। दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसीबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो। निर्वाणा बचत तथा ऋण सहकारी संस्थाका कर्जा अधिकृत अमीर तिमिल्सिनाका अनुसार १ लाख २० हजार रुपियाँ रिलायन्स फाइनान्सबाट निकालेका थिए। जसमध्ये ५० रुपियाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन।

विगत १० वर्षदेखि सो सहकारीले मागअनुसार नयाँ नोट सटही गर्दै आएको थियो। यस वर्ष भने नयाँ नोट साट्नका लागि राष्ट्र बैंकले सहकारी संस्थालाई २ लाख रुपियाँ मात्र उपलब्ध गराएको छ। नेपाल समाचारपत्रका अनुसार बजारमा राष्ट्र बैंकले उपलब्ध गराएकै रकम शंकास्पद देखिँदा आम उपभोक्ता त्रासमा छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले धेरै रकममा केही त्रुटि हुनु स्वाभाविक भएको बताउनुभयो। उहाँले मुद्रा व्यवस्थापन विभागमा सम्पर्क गरी हस्ताक्षर र रकम नै उल्लेख नभएको नोट साट्न मिल्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?