निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ कर्मचारी

सारांश

  • दमौली ।
  • वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् ।
  • निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन् ।

दमौली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ अन्तर्गत खटिएका कर्मचारी मतदान केन्द्रतर्फ जाने तयारीमा छन् । निर्वाचनका लागि खटिएका कर्मचारीले आजदेखि निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जाने तयारी गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा आवश्यक पर्ने सबै सामग्री बुझाउन सुरु गरेको छ । उक्त कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझाउन थालिएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

“सुरक्षा प्रबन्धसहित कर्मचारी मतदान केन्द्रमा जाने तयारीमा हुनुहुन्छ, आज साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्नेछ भनेर निर्देशन दिइएको छ”, उनले भने, “निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर बुझाउने क्रम जारी छ ।”

प्रमख ढकालका अनुसार प्रत्येक मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।
  
उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । उक्त नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता रहेकामा २१ मतदानस्थल र ५० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको उक्त कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाताका लागि आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाताका लागि ११ मतदानस्थल र २२ मतदान केन्द्र कायम गरिएको छ ।    व्यास नगरपालिकाका–५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाताका लागि २० मतदानस्थल र ४८ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !
देउवालाई चीन भ्रमणको राष्ट्रपति सीले दिए निम्तो !
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै
भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु
भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ
वडा कार्यालयमै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?