सत्ता गठबन्धनको बन्यो यस्तो सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
२० पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बन्यो यस्तो सहमति

सारांश

  • सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् ।
  •  आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो ।
  • सहमतिअनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक÷एक वटा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा परेको छ ।

सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो ।

सहमतिअनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक÷एक वटा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा परेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेका छन् ।

भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । आजको बैठकमा भने नेताहरू भागबण्डा मिलाउन सफल भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?