अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण

सारांश

  • एजेन्सी ।
  • चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले करिब १४ सय जना किसानको ऋण तिरिदिएका छन् ।
  • समयमा ऋण तिर्न नसकेर कतिपय किसानले आत्महत्या गर्ने प्रयास गर्ने उत्तरप्रदेशका किसानका ऋण तिरिदिएका हुन् ।

एजेन्सी । चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले करिब १४ सय जना किसानको ऋण तिरिदिएका छन् ।

समयमा ऋण तिर्न नसकेर कतिपय किसानले आत्महत्या गर्ने प्रयास गर्ने उत्तरप्रदेशका किसानका ऋण तिरिदिएका हुन् । भारतमा अहिलेसम्म ऋण तिर्न नसकेर ३ लाख भन्दा बढी किसानले आत्महत्या गरिसकेका छन् । 

उनले उत्तर प्रदेशका १३ सय ९८ जना किसानले सरकारी बैंकबाट लिएको ऋण तिरिदिएको बताएका छन् । किसानका लागि उनले ६ करोड रुपैयाँभन्दा बढी ऋण तिरिदिएका हुन् ।

बच्चनले आफ्नो ब्लगमा लेखेर किसानको ऋण चुक्ताबारे जानकारी गराएका छन् ।
किसानको ऋण तिर्दा आफूलाई एउटा राम्रो काम पूरा गर्न सकेको महसुस भईरहेको बताएका छन् ।
एक सरकारी बैंक अफ इन्डियाबाट किसानले ऋण लिएको र तिर्न सकेका थिएनन् ।

बैंक अफ इन्डियासँग बच्चनले सम्झौता गरेर एकमुष्ठ रुपमा किसानको ऋण तिरिदिएका छन् ।
उनले किसानलाई भेटेरै ऋण तिरेको प्रमाणपत्र दिने ईच्छा भएको बताएका छन् । किसानमध्ये ७० जनालाई मुम्बई आउने रेलको टिकट समेत काटिदिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?