निल गाई मारेको अभियोगमा दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
२० पटक हेरिएको
Shares
निल गाई मारेको अभियोगमा दुई पक्राउ

सारांश

  • जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
  • डुडुवा गाउँपालिका–२ बाट जंगली जनावर निल गाई मारेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन् ।

जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका–२ बाट जंगली जनावर निल गाई मारेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन् । जंगली जनावर निल गाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

हाल फरार रहेका अर्का एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?